जोमसोम ।
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्तर्गत हालसम्ममा १३ वटा पुल सम्पन्न भएका छन् । ३ वटा पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।
भारत र चीन जोड्ने व्यापारिक मार्ग अन्तर्गत २०७३÷०७४ सालबाट सुरु भएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले गतवर्षसम्म १३ वटा पुल सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भईसकेको जनाएको छ । आयोजना अन्तर्गत ठेक्का सम्झौता भई निर्माणधिन अवस्थामा रहेका ३ वटा पुलको ठेक्का सम्झौता तोडिसकेको आयोजनाका ईन्जिनीयर बिष्णु चापागाईले जानकारी दिनुभयो ।उहाँका अनुसार आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ स्थित रुप्से खोला, थासाङ गाउँपालिका—४ स्थित खहरे खोला र वारागुङ मुक्तिक्षेत्र —४ कागबेनीमा निर्माणधिन पुलको ठेक्का सम्झौता तोडिएको उल्लेख गर्नुुभयो ।यहाँका पुलहरु निर्माण कम्पनीको ढिलासुस्ती र प्राकृतिक विपद् लगायतका कारणले ठेक्का सम्झौता तोडिन पुगेको ईन्जिनीयर चापागाईको भनाई छ ।
कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले हालसम्म म्याग्दी खण्डमा राहुघाट पुल घट्टे खोलाको पुल सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको जनाएको छ । यसैगरी आयोजना अन्तर्गत मुस्ताङ खण्डको थासाङ—३ स्थित लेते खोला पुल,सेतो खोला पुल, थासाङ—२ स्थित छाक्ताङ खोला पुल, घरपझोङ—२ स्थित मार्फा खोला पुल,घरपझोङ—३ स्थित स्याङ खोला पुल,पान्डा खोला पुल, वारागुङ—३ स्थित छुसाङ नरसिंह खोला पुल,लोघेकर —१ स्थित चराङ खोला पुल सम्पन्न भईसकेको जनाएको छ ।
यसैगरी आयोजना कार्यालय अन्तर्गत माथिल्लो मुस्ताङको लोमान्थाङ खोला पुल,किम्लिङ खोला पुल,नाम्डोक खोला पुल र भर्मा खोला पुल निर्माणकार्य सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको आयोजनाका ईन्जिनीयर बिष्णु चापागाईको भनाई छ ।
यहाँको राष्ट्रिय गौरवको कोरला सडक आयोजना कार्यालय मार्फत ठेक्का सम्झौता भएका मध्ये ६ वटा पुल गत आ.व.मा सम्पन्न भई आयोजना कार्यालयलाई हस्तान्तरण भएको हो । ईन्जिनीयर चापागाईका अनुसार मुस्ताङ खण्डको थासाङ—३ लेतेमा निर्माणधिन सेतो खोला पुल,घरपझोङ—२ स्थित मार्फा खोला पुल, वारागुङ—३ छुसाङ स्थित नरसिंह खोला पुल, लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ खोला पुल र लोमान्थाङ गाउँपालिका स्थित किम्लिङ र भर्मा खोला पुल गत आ.व. २०८१÷०८२ मा सम्पन्न भएका हुन् ।
आयोजना कार्यालय अन्तर्गत ठेक्का सम्झौता भई निर्माणधि अवस्थामा रहेका थासाङ—४ स्थित कैकु खोला पुल ,थासाङ—२ स्थित लार्जुङ खोला पुल र लोघेकर दामोदरकुण्ड—२ स्थित घमी खोला पुल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाका ईन्जिनीयर चापागाईले बताउँनुभयो । यहाँ निर्माणधिन रहेका ३ वटै पुलको भौतिक प्रगती ८० प्रतिशत भन्दा बेसी रहेकाले चालु आ.व. भित्र आयोजना कार्यालयलाई हस्तान्तरण भईसक्ने ईन्जिनीयर चापागाईको भनाई छ ।
निर्माणधिन रहेका ३ पुलको फाउन्डेसन र स्ल्याप ढलान भईसकेको र एप्रोज सडकसहित पुल फिनिसिङ लगायतका कार्यहरु बाँकी रहेको उहाँले जनाउँनुभयो ।
आयोजनाले कोरला सडकमा ६ वटा बेलिब्रिज निर्माण गरेको जनाएको छ। आयोजनाले म्याग्दीको बेनी स्थित कालिपुल,तातोपानी,रुप्से,कागबेनी खोला र पहिल्यै निर्माण गरेको थासाङ—२ घट्टे खोला र थासाङ—१ टुकुचे स्थित थापाखोलामा बेलिब्रिज स्थापना गरिसकेको जनाईएको छ । आयोजनाले हालसम्म बेलिब्रिज र पक्की पुल गरी १९ वटा पुल निर्माण गरिसकेको जनाएको छ ।
यसैगरी कोरला सडक आयोजनाले कार्यान्यवन गरेका बाहेक पर्वतको मालुढुंगादेखि मुस्ताङ खण्डसम्म ८ वटा पक्की पुल निर्माण भईसकेको छ ।पुल सेक्टर कार्यालय पोखरा र अन्य कार्यालयहरुबाट कार्यान्वयन भई निर्माण तथा मर्मत संम्भार भएका ८ वटा पुल सम्पन्न भएको हो ।
जसअन्तर्गत आयोजना बाहेक निर्माण भएका पर्वतको दमुवा खोला पुल,लस्ती खोला पुल ,पर्वतका मिलन चोक खोला र म्याग्दीको बेनी स्थित कालिगण्डकी खोला,बेग खोला, कालिगडकी स्थित तिप्ल्याङ खोला र पोखरे बगर खोला निर्माण भएका हुन् ।
यसैगरी मुस्ताङ खण्डको जोमसोम स्थित कालिगण्डकी खोला पुल यसअघिनै सम्पन्न भईसकेका छन् । यहाँको जोमसोम स्थित पक्की पुल भारतीय राजदुतावासको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली