जोमसोम— प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर माथीको शीर मुक्तिक्षेत्र पर्वतीय स्थानमा बिष्णु भगवानका तीन वटा धार्मिक सम्पदा पत्ता लागेको छ । समून्द्री सतहको ४ हजार एक सय मिटरको उचाईदेखि करिव ४ हजार ७ सय मिटरको अग्लो पर्वतीय मुक्तिनाथक्षेत्रको विशाल पर्वतमा भगवान बिष्णुसंग सम्वन्धित तीन वटा धार्मिक सम्पदा पत्ता लागेको हो ।
मुक्तिनाथ मन्दिरदेखि माथि अग्लो पर्वतीय स्थानमा बिष्णु भगवानसंग जोडिएका तीन वटा धार्मिक सम्पदा पत्ता लागेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले मुक्तिनाथ मन्दिर माथिको पर्वतीय स्थानमा बिष्णु चुल्हो, नागराज पर्वत र गरुड पर्वत आकृति देख्न सकिने बताउँनुभयो ।
मुस्ताङका प्रजिअ भुसालसहित प्रशासन कार्यालयका खरदार प्रकाश पौडेल ,पूर्वाधार विकास कार्यालय मुस्ताङका ईन्जिनीयर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदी लगायत एघार जनाको टोली शनिबार सो स्थानमा पुगेको थियो । मुक्तिनाथ क्षेत्रको थप धार्मिक पर्यटन विकास गर्ने उद्देश्य लिएर प्रजिअ भुसालसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसंग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक संम्भाव्यता अध्ययन गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले बताउँनुभयो ।
भगवान बिष्णुको बासस्थान रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ मन्दिर रहेको स्थानदेखि दक्षिण केही माथि ‘बिष्णु चल्हा’ अवस्थित रहेको प्रजिअ भुसालले जानकारी दिनुभयो । समून्द्री सतहको झन्डै ४ हजार एक सय मिटरको मुक्तिक्षेत्र पर्वतमा ‘बिष्णु चल्हो’ फेला परेको प्रजिअ भुसालको भनाई छ । थोरङ्पास क्षेत्रतर्फको पर्वतमालामा अवस्थित बिष्णु चल्हो धार्मिक महत्वको पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने सम्भावना रहेको प्रजिअ भुसालले सुनाउँनुभयो ।
पौराणिक कालमा मुक्तिनाथ मन्दिर माथिको अग्लो पर्वतीय स्थानमा बिष्णु चुल्होमा आगो फुकेको आकृतिको ठुलो ढुंगा अवस्थित छ । यसका अलावा त्यसस्थानमा अरु दर्जनौ स—साना पत्थर रुपी बिष्णु चुल्हो आकृतिका प्रसस्तै ढुंगाहरु देख्न सकिने प्रजिअ भुसालले जनाउँनुभयो । बिष्णु चुल्हो भएको स्थानमा पकाउने भाडाकुडा, पकाउने ठाउँ लगायतको ढुंगाको आकृतिहरु देख्न सकिन्छ । त्यहाँ अवस्थित बिष्णु चुल्होलाई मन्दिर निर्माण गरी त्यहाँ भित्र राखिएको छ । त्यहाँ अवस्थित बिष्णु चुल्हो मन्दिरमा एक जना साँधु बस्ने गरेको प्रजिअ भुसालले बताउँनुभयो । उहाँका अनुसार त्यहाँ बस्ने साँधु बाबाले निरन्तर बिष्णु चुल्होमा पुजाअर्चना गर्ने गरेको प्रजिअ भुसालले उल्लेख गर्नुभयो ।
पौराणिक कालमा मुक्तिनाथ क्षेत्रको पर्वतीय स्थानमा अवस्थित बिष्णु चुल्हो रहेको ठाउँमा भगवान बिष्णुले तपस्या गर्ने गथ्र्ये भन्ने भनाई छ । बिष्णु भगवान तपस्या गर्दा ब्रम्हाजीले खीर पकाएर बिष्णु भगवान र अरु देवताहरुलाई खुवाएको धार्मिक जनविश्वास छ । ब्रम्हाजीले बिष्णुलाई खीर खुवाएर भोजन गराएको स्थान बिष्णु चुल्हो भन्दा तल मुक्तिनाथ परिसरको ज्वालामाई भएको स्थानमा रहेको बताईन्छ । ब्रम्हाजीले बिष्णु भगवान र अरु देवताले खीर भोजन गराउँदा खीर भईमा पोखिन पुगेकाले ज्वालामाई रहेको स्थानको माटो सुग्दा त्यसको वासना खीर जस्तै आउने गरेको जनाईएको छ । मुक्तिनाथ मन्दिरदेखि आधा घण्टाको पैदलयात्रामा बिष्णु चुल्हो भएको स्थानमा पुग्न सकिन्छ ।
यसैगरी मुक्तिनाथ माथिको अग्लो पर्वतीय स्थानमा अवस्थि बिष्णु चुल्होबाट केही माथि नागराज पर्वत अवस्थित छ । पर्वतलाई गौण रुपमा नियालेर अवलोकन गर्दा भगवान बिष्णुको शीर माथि अष्ठनागले ढाकेको जस्तै पर्वत आकृति देख्न सकिन्छ । यो ठिक मुक्तिनाथ मन्दिर रहेको स्थानदेखि सिधा माथि समून्द्री सतहको करिव ४ हजार ५ सय मिटरको उचाईमा यसप्रकारको आकृति अवलोकन गर्न सकिने पूर्वाधार विकास कार्यालय मुस्ताङका ईन्जिनीयर जगदिशचन्द्र जोशीले जानकारी दिनुभयो ।
भगवान बिष्णुलाई पापको सागरबाट दुनियालाई मूक्त गर्न सक्ने प्रतिकको रुपमा लिन सकिन्छ । शेषनाग पनि भगवान बिष्णुको प्रतिक अवतारसंग जोडिएको छ । यही कारण मुक्तिनाथ पर्वतमालामा भगवान बिष्णुको शीरलाई नागले छाता ओढाएको जस्तै आकृति त्यहाँ हेर्दा देखिने ईन्जिनीयर जोशीले उल्लेख गर्नुभयो । विशाल सर्पको एउँटै शेषनागमा बिष्णु भगवानले बिराजमान गरेको जस्तो पर्वत पर्यटकका लागि आर्कषर्णको केन्द्र बन्नसक्ने उहाँले जनाउँनुभयो ।
मुक्तिनाथ क्षेत्रको अग्लो पर्वतमा धार्मिक पर्यटकीय गन्तब्यको खोजी गर्ने क्रममा नागराज पर्वतमा बिष्णुको पोस्टर र घण्टी लगेर झुन्ड्याइएको छ । त्यहा झुन्ड्याईएको घण्टी हावा चल्दा आफै बज्न सुरु गर्छ ।
यसैगरी मुक्तिनाथ मन्दिर माथिकै अग्लो पर्वतमा भगवान बिष्णुको बहान गरुड आकृतिको पहाड देख्न सकिन्छ । यस स्थानबाट मेसोकोन्दो पहाडका साथै मुस्ताङको कागबेनी लगायतका डाँडाकाढां निकै आर्कषक देखिने गर्छ ।
मुक्तिनाथ मन्दिर धार्मिक पर्यटनका हिसाबले प्रसिद्ध रहेपनि त्यसक्षेत्रको थप धार्मिक पर्यटन विकास गर्न मुक्तिनाथ विकास समेत पहल गर्ने प्रजिअ बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीहरुको बसाई लम्ब्याउने गरी त्यसक्षेत्रमा मुक्तिनाथ मन्दिरसंगै पत्ता लागेका सम्पदालाई जोड्ने गरी पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रजिअ भुसालको भनाई छ ।
मुक्तिनाथ मन्दिर माथिको भगवान बिष्णुसंग सम्वन्धित तीन धार्मिक सम्पदासंग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिव ४ किलोमिटर दुरीमा पदमार्ग निर्माण गर्नुपर्ने प्रजिअ भुसालको भनाई छ । मुक्तिनाथ क्षेत्रको पर्यटन विकासमा योगदान पु¥याउन त्यसक्षेत्रका स्थानीय नागरिकसंगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने प्रजिअ भुसालले उल्लेख गर्नुभयो ।