मुस्ताङी किसानलाई रैथाने खाद्य बाली ‘उवा’ थन्क्याउने चटारो चलेको छ ।जिल्लाको तल्लो क्षेत्र वारागुङ,घरपझोङ र थासाङ गाउँपालिकाका किसानलाई रैथाने बाली ‘उवा’काँटेर घरमा थन्क्याउने चटारो चलेको हो ।
हिउँदयाममा स्याउ बगैचा व्यवस्थापन सकेर केही फुर्सदिला बनेका यहाँका किसानहरु अहिले भने खेतबारीमा उवा काटेर थन्क्याउन भ्याई नभ्याई छ । खेतबारीमा परिपक्क भई हल्का पहेला भएर पाँकेका उवालाई काँटेर दुई÷तीन दिनसम्म खेतबारी फिजाएर सुकाईने गरिन्छ । यसरी सिकाईएका बालासहितको उवालाई सोवाङ (घरेलु उपकरण)मा राखेर नल र बाला अलग÷अलग गराईन्छ । कसैले नलसहितको उवा घरमा ल्याएर बाला र नल पन्छाउछन् भने कतिपयले खेतबारीमा बाला र नल छुट्याउछन् ।
मुस्ताङमा यसरी उवा भित्र्याउन प्रचलन परम्परागत पद्यतीमा आधारित छ । पछिल्लो समय केही किसानले भने आधुनिक प्रविधिको सहयोगमा उवा भित्र्याउने गरेको समेत पाईएको छ । उवाको बालालाई घाममा सुकाएर लौरीले चुटेर केस्रा छुट्याउँछन भने कतिपय किसानले मिलमा लगेर केस्रा र बाला अगल गर्ने गर्छन् ।
मुस्ताङमा उवा भित्र्याउने सिजन सुरु भएसंगै वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीका किसान जयाङ गुरुङ पनि खेतमा उवा काँटेर थन्काउन जुटेका छन् । छिमेकी र केही कामदारसहित उवा थन्काउन जुटेका गुरुङले काँडे धारिलो उपकरण (सोवाङमा उवा थुन्न भ्याईन नभ्याएको बताउँनुभयो । बर्सेनि उत्पादन गरेको उवालाई घरेलु मदिरा , उवा भुटेर सातु खाने र धार्मिक पुजाआजामा प्रयोग गरिने किसान गुरुङले बताउँनुभयो । परम्परागत रुपमा अन्य खाद्य बाली भन्दा उवा खेती केही झन्झटिलो भएको किसान गुरुङको भनाई छ । दुःख र मेहनत बढी हुने भएकाले उवा बाली घरायसी प्रयोजनमा मात्रै सीमित रहेको वारागुङ—४ कागबेनीका अर्का किसान खन्डो गुरुङले बताउँनुभयो ।
गहु र जौ जस्तै उस्तै उस्तै मिल्दो जुल्दो प्रजातीको उवा बाली मुस्ताङका किसानका लागि नभई नहुने मुख्य खाद्य बालीको रुपमा अपनाउँदै आईरहेको पाईन्छ । परापूर्वकालदेखि परम्परागत रुपमा खेती गरिंदै आईरहेको यहाँका उवा खेती यहाँको रैथाने खाद्य बाली मध्ये एक हो । मुस्ताङका किसानले परम्परागत रुपमा अपनाउँदै आईरहेको उवा खेतीलाई प्रमुख बालीको रुपमा पछ्याउँदै आईरहेको पाईन्छ । यहाँका किसानले परम्परागत रुपमा गरिंदै आईरहेको उवा खेतीलाई व्यवसायिक रुप मात्रै नभई घरायसी प्रयोजनका लागि बढी प्रयोग हुने गरेको छ ।
समून्द्री सतहको एक हजार ९८४ मिटरदेखि तीन हजार ९०० मिटरको उच्चउचाईको खेतीयोग्य जमिनमा उवा खेती हुने गरेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो । गाउँपालिकाले उवा खेती लगायत यहाँका रैथाने बालीहरुको प्रवद्र्धन गर्न गाउँपालिकाले रैथाने बाली विविधिकरण सम्वन्धी कृषक लक्षित कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउँनुभयो । परम्परागत रुपमा उत्पादित उवा बाली धेरै बढी मदिरा उत्पादन र घरायसी प्रयोजनमा प्रयोग गर्ने प्रचलन रहेपनि पछिल्लो समय केही किसान र होमस्टे सञ्चालनहरुले तालिम लिएर उवा बालीको विभिन्न परिकार बनाएर विविधिकरण गर्न थालेको कृषि शाखा अधिकृत थकालीले उल्लेख गर्नुभयो ।
यहाँको परम्परागत रैथानी बाली उवा खेती मुस्ताङको तल्लो क्षेत्र र माथिल्लो क्षेत्रमा फरक फरक समयमा उत्पादन हुने गर्छ । तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकामा बर्सेनि मंसिरको पहिलो दोस्रो हप्तामा खेतबारीमा बीउँ छरेर जेठको चौथौ हप्तादेखि असारको पहिलो हप्तासम्म उवा थन्काउने भ्याई नभ्याई हुने गर्छ । यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा बर्सेनि चैत महिनाको अन्तिमदेखि बैशाखको दोस्रो हप्तासम्म उवा छरेर असोजको तेस्रो र चौथो हप्तामा उवा थन्क्याउन सुरु mmहुन्छ ।
सदिंयौ वर्षदेखि अपनाउँदै आईरहेको यहाँको परम्परागत उवा खेती मुस्ताङका किसानले पछिल्लो समयसम्म पनि निरन्तर पछ्याउँदै आईरहेका जोमसोमका किसान अजित थकालीले बताउँनुभयो । घरेलु प्रयोजन,धार्मिक अनुष्ठान तथा शुभकार्यहरुमा उवाको प्रयोग हुने भएकाले यहाँका किसानले हालसम्म उवा खेती अपनाउँदै आईरहेका हुन । किसानले स्याउ बगैचा भित्र अन्तरबालीको रुपमा पनि उवा खेती गरी दोहोरो आम्दानी लिने गरेका किसान थकालीको भनाई छ ।
उवाको हिमाली रैथाने खाद्य बाली हो । १०० ग्राम उवामा करिव १३ भाग पानी,१२ भाग प्रोटिन, २ भाग चिल्लो,६८ भाग कार्वोहाईट्रेड।३.५ भाग रेसा र १.५ भाग भष्म पाईन्छ । उवामा प्रसस्त मात्रामा भिटामिन बी कम्प्लेक्स पाईन्छ । क्षेत्रफलको हिसाबले स्याउ,आलु,मकै र गहु बालीपछि उवा पाचौं खाद्य बाली हो ।
उवा बालीको उचाई १२० सेमी हुन्छ । यसको डाठ मसिनो हुने र बाला सुरु सुरुमा हरियो र परिपक्क हुनेबेला हल्का पहेलो हुन्छ । उवाको दाना भुटेर सातु खाने प्रचलन छ । मुस्ताङमा उत्पादन हुने ७० प्रतिशत उवा मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली