मुस्ताङसहित चौध हिमाली जिल्लामा सेनाको हिमाल दर्शन —१०

र्सनिक मुख्यालय जङ्गी अड्डाको समन्वय तथा सम्वधित पृतना हेडक्वाटरको आयोजनामा चौध वटा हिमाली जिल्लाहरुमा  नेपाल सेनाको हिमाल दर्शन ऋखला —१० अभियान भईरहेको छ । नेपाली सेनाको वार्षिक कार्यक्रम अन्तर्गत नेपाली सेनाले हिमाल दर्शन—१० अभियान सञ्चालन गर्ने गरेको छ ।

 नेपाली सेनाले आफ्नो कार्यक्षेत्र रहेको स्थानमा घुलमिल हुने ,स्थानीय नागरिकसंग चिनजान गर्ने,त्यहाँका वस्तुगत अवस्थाको बारेमा जानकारी लिने र सीमाक्षेत्रमा रहेका सीमास्तम्भहरुको अवलोकन तथा निरीक्षण गर्ने लगायतका कार्य गर्ने उद्देश्यले नेपाली सेनाले २०७२÷०७३ सालदेखि हिमाल दर्शन—१० अभियान कार्यान्वयनमा ल्याएको सैनिक जनसम्पर्क निर्देशानालयका सैनिक प्रवत्ता  सहायक रथि गौरवकुमार केसीले जानकारी दिनुभयो । सैनिक प्रवत्ता केसीका अनुसार हिमाली जिल्ला मुस्ताङ र मनाङसहित १४ वटा हिमाली जिल्लाहरुमा सेनाको हिमाल दर्शन—१० अभियान संञ्चालनमा रहेको बताउँनुभयो । नेपाली सेनाले वार्षिक कार्यतालिका अनुसार यसप्रकारको हिमाल दर्शन—१० अभियान हिमाल,पहाड र तराईका विभिन्न क्षेत्रहरुमा सञ्चालन गर्ने गरेको छ ।

हिमाल दर्शन—१० अभियानमूलक कार्यक्रम सैनिक मुख्लायलको समन्वयमा सम्वन्धित स्थानीय कार्यक्षेत्रमा पर्ने युनिटहरुबाट परिचालन हुन्छ ,’ सैनिक प्रवत्ता केसीले भन्नुभयो,‘ यो कार्यक्रम फागुनको दोस्रो सातादेखि सुरु भएको र चैत्र ४ गते समापन हुन्छ ।’

 सेनाको हिमाल दर्शन —१० अन्तर्गत मुस्ताङको जोमसोम स्थित नारायण दल गणको अगुवाईमा सेनानी चक्रबहादुर शाहीसहित ३२ जनाको सैनिक टो्ली १९ फागुनमा उपल्लो मुस्ताङतर्फ प्रस्थान गरेको हो । जसमा पश्चिम पृतना हेडक्वाटर अन्तर्गतका विभिन्न गुल्महरुको प्रतिनिधित्व रहेका छ ।

 मुस्ताङमा हिमाल दर्शन ऋखला—१० अभियान अन्तर्गत (नेपाल—चीन) सीमा स्तम्भहरुको गस्ती, स्थलगत अवलोकन तथा निरीक्षणका साथै स्थानीय क्षेत्रको वस्तुगत अवस्थाका बारेमा टोलीले जानकारी लिएको छ । मुस्ताङमा सेनाको हिमाल दर्शन—१० अभियान अन्तर्गत  १८ दखि ३२ नं. सीमास्तम्भहरुको अवलोकन तथा निरीक्षण सम्पन्न भईसकेको छ । मुस्ताङमा सेनाको हिमाल दर्शन—१० अभियान आज समापन हुदैछ ।

 नेपाली सेनाको हिमाल दर्शन—१० अभियान कार्यक्रमका लागि जिल्ला प्रशासन कार्यालयले समन्वय र सहजीकरण गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । हिमाल दर्शन—१० मा परिचालित हुने सेनालाई कुनै अप्ठ्यारो नहोस भनेर प्रशासन कार्यालय मार्फत जिल्लाका सबै स्थानीय तह र सरोकारवालाहरुलाई पत्रमा मार्फत जानकारी गराईएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।


प्रतिक्रिया