मुस्ताङलाई स्वच्छ,सफा र वातावरणमैत्री तुल्याउन एक्यापको अभियान

जोमसोम—दीर्घकालीन रुपमा फोहोर मुक्त गाउँ सहर तथा पर्यटकीय क्षेत्रहरुको सरक्षण तथा विकासका साथै पर्यटकीय क्षेत्र स्थापना गर्ने उद्देश्यसहित राष्ट्रिय प्रकृति सरक्षण कोष अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना एक्याप फोहोरमैला व्यवस्थापनकार्यमा जुटेको छ । एक्याप क्षेत्र अन्तर्गत गण्डकी प्रदेशका ५ वटै जिल्लामा फोहोर मैला व्यवस्थापनकार्यमा एक्याप लागि परेको हो ।

 पर्यटकीय जिल्लाहरुमा त्यहाको पर्यटकीय स्थल,पर्यटकीय पदमार्ग र पर्यटकीय गाउँहरुलाई  स्वच्छ,सफा र चुस्त राख्ने अभियान अन्तर्गत अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ईलाका सरक्षण कार्यालय जोमसोमले बिहिबारदेखि मुस्ताङमा संकलित फोहोरलाई व्यवस्थापन गर्न सुरु गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

 एक्यापले फोहोर मैलाको व्यवस्थापन गर्न मातहतका आमा समुह,सरक्षण व्यवस्थापन समिति,उपसमिति, पर्यटन व्यवसायी र सम्वन्धित पालिकाहरुसंग सहयोग सहकार्यका लागि अनुरोध गरिएको कार्यालय प्रमुख रेग्मीले बताए । प्रदुषण मुक्त जिल्ला र पर्यटकीय वातावरणमैत्री सहरको रुपमा विकास गरी पर्यटक तथा आम नागरिकको स्वास्थ्य रक्षाका लागि एक्यापले फोहोर मैला अभियानलाई मुख्य प्राथमिकतामा राखेर अभियान संञ्चालन गरेको उनले जनाए ।

 सोही अभियान अन्तर्गत मुस्ताङको घरपझोङ—५ ठिनी र घरपझोङ—३ स्याङमा जम्मा भएको संकलित फोहोरलाई एक्यापले ट्रक ढुवानी गरी व्यवस्थापन सुरु गरेको छ । त्यहाँको वडा कार्यालय, आमा समुह र संरक्षण क्षेत्र व्यवस्थापन समितिको पहलमा जम्मा भएको  पुन प्रया्गमा आउने फोहोर उठाउन सुरु गरेको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।


जसअन्तर्गत  घरपझोङ गाउँपालिकाको ठिनी र स्याङ गाउँमा संकलित प्लास्टिक र धातु जन्य फोहोर  ५४ बोरा र  सिसाजन्य   १ हजार २३९ केजी अर्थात  २६ कार्टुन फोहोर पुन प्रयोग (रिसाईकल) प्रयोजनार्थ पोखरा स्थित  ग्रीन रोड वेस्ट मेनेजमेन्ट कम्पनीमा पठाईएको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीले जानकारी दिए । एक्यापको यसप्रकारको दीर्घकालिन फोहोर व्यवस्थापन अभियानमा स्थानीय नागरिक,पर्यटनकर्मी,आमा समुह,सरक्षण व्यवस्थापन समिति र स्थानीय पालिकाको सक्रिय सहभागीता रहेको प्रती धन्यवाद व्यक्त गरेको छ ।

एक्यापले धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङलाई स्वच्छ,सफा र वातावरणमैत्री  सहरको रुपमा स्थापित गर्न सरोकारवाला निकायहरुको निरन्तर सहयोगको समेत अपेक्षा गरेको छ । पर्यटन विकास र प्रदुषण मुक्त सहरको विकासले मात्रै पर्यटकलाई आर्कर्षित गर्ने र यसले आर्थिक समृद्धिमा समेत योगदान पुग्ने कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे ।

एक्यापको यस अभियानलाई मूर्त रुपमा दिनका लागि हरेक व्यक्ति,घर र समुदायहरुको सामुहिक एक्येवद्धता हुनु आवश्यक रहेको एक्यापको भनाई छ ।‘ हरेक घर र टोलबाट निस्किने फोहोरको समुचित व्यवस्थापन,संंकलन र बर्गीकरण गरी नजिकैको संकलन केन्द्रमा जम्मा गरी सुरक्षित राख्न अनुरोध गरेका छौं,’ एक्याप प्रमुख रेग्मीले थपे,‘ संकलन केन्द्रमा जम्मा भएको फोहोरलाई हामीले उठाएर प्रशोधन (रिसाईकल) केन्द्रमा पठाउने छौं ।’ एक्याप कार्यालय पनि समय सापेक्ष निरन्तर पर्यटकीय स्थल र पदमागैहरुमा जम्मा भएको फोहोरलाई संकलन गर्दैआइरहेको कार्यालय प्रमुख रैग्मीले बताए । अन्नपूर्ण सरक्षण क्षेत्र अन्तर्गत मुस्ताङसहित म्याग्दी,कास्की,मनाङ र लमजुङमा पनि यसप्रकारको दीर्घकालिन फोहोर व्यवस्थापन अभियान कार्यान्वयन भईसकेको एक्यापले उल्लेख गरेको छ ।

 मुस्ताङको घरपझोङ गाउँपालिकाले २ वर्ष अघिनै पालिकालाई सिसाजन्य सामाग्रीमा पूर्ण प्रतिबन्ध लगाईसकेको छ । घरपझोङले सिसाका बोतलहरुलाई निरुत्साहित गर्ने क्रममा बोतलमा ब्रान्डिङ भएका पेय पदार्थ बियरलाई आयातमा प्रतिबन्ध लगाईसकेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताए । उनले सिसाजन्य सामाग्रीमा निषेध गरिएको र प्यास्टिकको झोला प्रयोगमा समेत न्यूनिकरण गर्ने अभियानमा जुटेको अध्यक्ष लालचनले सुनाए । उनले यसका लागि पालिकाले प्लास्टिक झोला बिस्थापित गरी अनुुदान छुट दिएर गाउँपालिकाको लोगो अंकित कपडाको झोला प्रयोगमा ल्याएको उनले बताए ।


प्रतिक्रिया