मुस्ताङ प्रहरीले पायो महिला नेतृत्व


जोमसोम— जिल्ला प्रहरी कार्यालय मुस्ताङले पहिलो पटक महिला नेतृत्व पाएको छ । प्रहरी प्रधान कार्यालय नक्साल काठमान्डालेै मुस्ताङ प्रहरी नेतृत्वमा प्रहरी नायब उपरीक्षक (डिएसपी )छिरिङ किप्पा लामालाई खटाएको हो ।

प्रहरी प्रधान कार्यालयको १० बैशाखको पत्र आदेश भएपनि डिएसपी लामा आज जिल्ला प्रहरी कार्यालयमा हाजिर हुनु भएको छ । डिएसी लामालाई प्रहरी निरीक्षक विशाल अधिकारीसहित जिल्ला प्रहरी कार्यालयको सिङ्गो टोलीले हार्दिकतापूर्वक स्वागत गरेको छ ।

 हिमाली जिल्ला मुस्ताङमा २०२५ साल १ असारमा जिल्ला प्रहरी कार्यालय स्थापना भएको हो । स्थापनाकालदेखि २०४६ साल १२ माघसम्म १५ जना प्रहरी निरीक्षक (ईन्सपेक्टर)ले जिल्ला प्रहरी कार्यालय मुस्ताङको नेतृत्व सम्हालेका थिए ।

 त्यसपछि २०४६ साल १३ माघदेखि २०८२ साल १४ बैशाखसम्म प्रहरी नायब उपरीक्षक (डिएसपी)ले मुस्ताङ प्रहरीको नेतृत्व लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । त्यस अवधिमा ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) फेरिएका छन् । यस अवधिमा प्रहरी नेतृत्व केही समय रिक्त हुँदा प्रहरी निरीक्षक गणेश सुवेदीले निमित्त कार्यालय प्रमुखको रुपमा काम गरेका थिए ।

 मुस्ताङमा ३७ औं प्रहरी नायब उपरीक्षक (डिएसपी) फेरिंदा ३८ औं प्रहरी नायब उपरीक्षक (डिएसपी)को रुपमा मुस्ताङले महिला नेतृत्व छिरिङ किप्पा लामालाई पाएको हो ।


प्रतिक्रिया