जोमसोम— मुक्तिनाथ र उपल्लो मुस्ताङका विभिन्न स्थानमा शनिबार आशिंक वर्षासंगै हिमपात भएको छ ।तल्लो मुस्ताङमा भने हलुका वर्षा भएको छ ।
मुक्तिनाथ क्षेत्रको मुक्तिनाथ मन्दिर,पुराङ रानीपौवा,झारकोट,खिङ्गा ,छेङ्गुर र पुडाक लगायतका उच्च स्थानमा हलुका वर्षासंगै हिमपात भएको मुक्तिनाथ मन्दिरका कर्मचारी रविन सुवेदीले जानकारी दिए । उनले छिटफुट हिउँ परेपनि जमिनमा भने जम्न नसकेको बताए । अनुकुल मौसममा समेत शनिबारको मौसम बिग्रिएको र हिउँ पर्ने सम्भावना रहेको उनले सुनाए ।
यसैगरी उपल्लो मुस्ताङका उच्च स्थानमा समेत वर्षासंगै आशिंक हिमपात भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ का वडाध्यक्ष टै ढिन्डुक ठकुरीले जानकारी दिए । ‘हुस्सु लागेर मौसम ढुम्ब छ,दिउँसो वर्षा र हिमपात भयो,’उनले भने,‘ अहिले केही रोकिएको छ ,सायद राति हिउँ पर्छकी।’
हिउँदयाम सकिएर गर्मीयाम सुरु भएपनि शनिबार परेको वर्षा र हिमपातले चिसो झन् बढेको वडाध्यक्ष गुरुङले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली