जोमसोम— राष्ट्र, समाज र आम नागरिकहरुको जीउँधनको रक्षा, शान्ति सुरक्षा,अमेनचैन,अपराध अनुसन्धान तथा न्यूनिकरणदेखि समाजमा देखिन हरेक प्रकृतिका बिकृति बिस्ङ्ती रोकथाम तथा न्यूनिकरणमा नेपाल प्रहरीले प्रहरीले महत्वपूर्ण योगदान दिदैआईरहेका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम,नागरिक प्रहरी हातेमालो कार्यक्रम,मुस्कानसहितको प्रहरी सेवा र प्रहरी मेरो साथी लगायतका विभिन्न श्लोगनसहित नेपाल प्रहरीले राष्ट्र,समाज र नागरिकको सेवामा सधै साथ दिदैआईरहेका छन् । प्रहरी र नागरिक नङ र मासुको जस्तै गरी शान्ति सुरक्षा कायम गर्न तल्लिन रहन्छ ।
राष्ट्र,समाज र नागरिकको सुरक्षाका लागि अहोरात्र कार्यस्थलमा खटिरहने हिमालीपारी मुस्ताङका प्रहरी ईकाईहरुको आत्मकथा भने बेग्लै छ । मुस्ताङमा प्रहरीका मुख्यगरी १३ ईकाई छन् । त्यसका अलावा,पर्यटक प्रहरी,ट्राफिक प्रहरी,कारागार प्रहरी,नागरिक उड्यन कार्यालयमा खटिने प्रहरी , अदालत र प्रशासन कार्यालयमा खटिने अरु ६ वटा ईकाई छन् । मुस्ताङमा नेपाल प्रहरीको कुल दरबन्दी ३१३ जनाको छ । तर,यहाँ कहिल्यै दरबन्दी पदपूर्ती हुँदैन । यहाँ २४६ जना प्रहरी अहिले कार्यरत छन् ।
२०२२ साल ४ भदौमा मुस्ताङमा प्रहरी सेवा स्थापना गरिएको हो । ३ हजार ५७३ बर्गमिटर क्षेत्रफलमा फैलिएको मुस्ताङ जिल्ला उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ ,पश्चिममा डोल्पा,पूर्वमा मनाङ र पश्चिममा म्याग्दी जिल्ला पर्छ । १४ हजार ४५२ जनसंख्या रहेको हिमाली जिल्ला मुस्ताङमा औसतमा एक प्रहरीले १९ दशमलव ४२ बर्गमिटर क्षेत्रफलमा काम गर्नुपर्ने हुन्छ । यहाँको भौगोलिक विकटता,प्रतिकुल मौसम र प्रहरीका लागि पर्याप्त पूर्वाधार तथा स्रोतसाधन नहुँदा मुस्ताङका धेरैजसो प्रहरी ईकाईमा कार्यरत प्रहरीको समस्या र चुनौति बग्रेल्ती हुँने गरेका छन् ।

राज्यको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाल प्रहरीको आवश्यक पूर्वाधार र स्रोतसाधन जुटाउन सरकारले कुनै ध्यान दिएको पाईदैन ।राज्यको कानुन कार्यान्वयनका लागि महत्वपूर्ण सारथि बनेको नेपाल प्रहरी मुस्ताङमा भने कठिन परिस्थिती र चुनौति भोग्न बाध्य छन् । सरकारले अन्धाधुन्द सडक,भवन,भ्यूटावर,बिजुली ,संञ्चार ,कृषि र पर्यटन लगायतमा पूर्वाधार विकास गरिहेको भएपनि मुस्ताङका दुरदराजमा कार्यरत प्रहरीहरुलाई व्यवस्थापन गर्नसक्ने आश्रय समेत सरकारले दिन सकिरहेको छैन । मुस्ताङका धेरैजसो प्रहरी ईकाईहरु सरकारी विद्यालय,एक्याप,वडाकार्यालय र आमासमुहको समाजघरमा आश्रय लिएर बस्न विवश छन् ।यहाँ प्रहरीका १३ ईकाई मध्ये ८ वटा प्रहरी ईकाईका प्रहरीहरु विभिन्न संघसंस्थाको जीर्ण भवनमा वर्षौवर्षदेखि ओत लागेर बस्न बाध्य छन् ।
मुस्ताङमा एक जिल्ला प्रहरी कार्यालय जोमसोममा छ । ५ वटा ईलाका प्रहरी कार्यालय र ७ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पर्याप्त भौतिक संरचना बनिसकेको छ । ईलाका प्रहरी कार्यालय लेते,प्रहरी चौकी घाँसा र ईलाका प्रहरी कार्यालय लोमान्थाङ को पनि आफ्नै भवन बनिसकेको छ । ईलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन निर्माणधिन अवस्थामा छ । प्रहरी चौकी छोसेरले जग्गा प्राप्ति गरेको छ भने प्रहरी चौकी कागबेनीको जग्गा प्राप्तीको प्रकृयामा छ । यसबाहेक अन्य प्रहरी ईकाईको नत जग्गा छ ,नत भवन बनेको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रहरी चौकी छोन्हुप,प्रहरी चौकी घमी,प्रहरी चौकी चराङ,ईलाका प्रहरी कार्यालय छुसाङ,प्रहरी चौकी कागबेनी ,प्रहरी चौकी सुर्खाङ र प्रहरी चौकी कोवाङको जग्गा र भवन दुबै छैन । यि प्रहरी ईकाईमा कार्यरत प्रहरीहरु संघसंस्थाहरुको ढुङ्गा र माटोले बनेका जीर्ण भवनमा आश्रित छन् ।
प्रहरी चौकी सुर्खाङ विद्यालय भवनमा,प्रहरी चौकी छोन्हुप साविक गाविस भवनमा,प्रहरी चौकी छोसेर नेचुङ भन्सार कार्यालयमा,ईलाका प्रहरी कार्यालय मुक्तिनाथ धर्मशालामा,ईलाका प्रहरी कार्यालय छुसाङ एक्याप र आमा समुहको भवनमा,प्रहरी चौकी चराङ विद्यालयको भवनमा,प्रहरी चौकी कोवाङ व्यक्तिको घरमा भाडामा र प्रहरी चौकी कागबेनी वडाकार्यालय भवनमा बस्दै आईरहेका छन् । सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिको घरमा कार्यालय संञ्चालन गरी बसेका प्रहरी ईकाईहरु बस्ने भने असाध्यै जीर्ण अवस्थामा छन् ।
हिमपात र प्रतिकुल मौसममा पनि बाह्रै महिना नागरिकको जीउधन र सुरक्षामा अहोरात्र खटिने दुरदराजका प्रहरी ईकाईहरुका प्रहरी जवानहरु निकैकष्ठकर जीवन व्यतित गर्न विवश छन् । आश्रय लिएर जीर्ण भवनमा दिन काट्न बाध्य मुस्ताङका प्रहरी ईकाईहरुलाई वातावरणमैत्री भवन तथा स्रोतसाधन नहुँदा चिसो थेग्न समेत मुश्किल पर्छ । प्रहरी ईकाईको आफ्नै भवन संरचना र आवश्यक पूर्वाधार निर्माण नहुँदा यहाँका प्रहरी ईकाईमा बस्ने प्रहरीले विभिन्न समस्या र चुनौती भोग्न पर्ने अवस्था अझै विद्यमान छन् ।
प्रहरी सेवामा समर्पित मुस्ताङका प्रहरी ईकाईहरुको व्यवस्थापन र भौतिक संरचना निर्माणमा राज्य पक्षले ध्यान नदिदा दुरदराजका प्रहरीहरुले अनेक प्रकारको समस्या झेल्नु परेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले मुस्ताङमा मुख्य गरी प्रहरीका १३ ईकाई मध्ये ८ वटा प्रहरी ईकाईको जग्गा र भवन दुबै नभएको तर जग्गा प्राप्तीको प्रक्रियामा रहेको जानकारी दिए । उनले जिप्रका सहित लोमान्थाङ, घाँसा र लेतेमा प्रहरीको आफ्नै भवन रहेको र मुक्तिनाथमा प्रहरीको भवन निर्माणधिन अवस्थामा रहेको जानकारी दिए ।
संघीयतापछि पनि ३ तहको सरकार निर्माण भईसकेको ६ वर्ष बितिसक्दा समेत मुस्ताङका प्रहरी ईकाईहरुको भवन बन्न नसक्दा निकै समस्या र चुनौती त्यहाँ कार्यरत प्रहरीले भोग्दै आईरहेका छन् ।
फोटो क्याप्सन
सरकारी तथा गैरसरकारी संघसंस्थामा भवनमा बस्दै मुस्ताङका प्रहरी ईकाई । तस्विर ः सुन्दरकुमार थकाली ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता