यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दर्ता गराएका ८ राजनीतिक दलका उम्मेदवार मध्ये ६ राजनीतिक दलका उम्मेदवारले बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस पत्र लिएका छन् ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार हालसम्म यहाँ उम्मेदवारी दर्ता गराएका मध्ये नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी,उज्यालो नेपाल पार्टी,मंगोल नेशनल अर्गानाईजेसन र आम जनताका पार्टीका उम्मेदवारले बैंक खाता खोल्न कार्यालयबाट सिफारिस बनाएको निर्वाचन अधिकारी ज्ञवालीको भनाई छ । उहाँका अनुसार यहाँ उम्मेदवारी दर्ता गराएका मध्ये नेकपा (एमाले),नेपाली कांग्रेस उम्मेदवारले बैंक खाता खोल्न सिफारिस नलिएको तर कार्यालयको सम्पर्कमा रहेको जनाउँनुभयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचार प्रसारको लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोग रकम र त्यस्तो प्रचार प्रसारमा हुने खर्चलाई मितव्ययी,पारदर्शी बनाई निर्वाचनमा सुशासन कायम गर्न बैंक खाता अनिवार्य गराएको हो ।
निर्वाचन अधिकारी ज्ञवालीका अनुसार आयोगको निर्वाचन आचार सहिंता २०८२ को दफा १६ को प्रभावकारी कार्यान्वयन गरी निर्वाचनको कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवारको निर्वाचन बैंक खाता अनिवार्य गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता