जोमसोम— म्याग्दी र मुस्ताङका कृषि तथा पशुपंन्छी उद्यमीहरुले ५० प्रतिशत अनुदान सहुलियत पाउँने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई मुस्ताङ (म्याग्दी) ले कृषि तथा पशुपंन्छी उद्यमशिलता विकास कार्यक्रम मार्फत उक्त अनुदान दिने भएको हो ।
कृषि तथा पशुपंन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार म्याग्दी र मुस्ताङमा कृषि र पशुपंन्छी उद्यम संञ्चालन गर्ने कृषक समुह,सहकारी,,निजी कृषि फर्म,कम्पनी र कृषि उद्यमीलाई अनुदानको व्यवस्था गरेको हो । यसका लागि मन्त्रालयले यो कार्यक्रम संञ्चालन गर्न परियोजना कार्यान्वयन ईकाई मुस्ताङ(म्याग्दी)लाई अख्तियारी दिएको कार्यालय प्रमुख नेत्र भट्टले जानकारी दिए । कृषि तथा पशुपंन्छी उद्यमशिलता विकास गर्न मन्त्रालयले ६० लाख बजेट विनियोजन गरेको उनले बताए ।
यो कार्यक्रम अन्तर्गत म्याग्दी र मुस्ताङबाट कृषि तथा पशुपन्छी उद्यमी गरी बढीमा १५ जनालाई अनुदानमा सहभागी गराईने बताईएको छ । आवेदन दिई छनौटमा परेका उद्यमीले ८ लाख लागतको कार्यक्रम पेश गर्नुपर्ने छ । जसमा ४ लाख स्वलगानी र ४ लाख परियोजना मार्फत उपलब्ध गराईने कार्यालय प्रमुख भट्टको भनाई छ । अनुदानमा जोडिन अनुदानग्राहीले संम्वन्धि कृषि संस्थाको सिफारिस समेत पेश गर्नुपर्नेछ ।
१८ वर्षदेखि ५० वर्ष उमेर समुहका कृषि तथा पशुपंन्छी उद्यमीले मात्रै यो अनुदान कार्यक्रममा आवेदन दिन सक्नेछन् । लक्ष्य भन्दा बढी आवेदन परेमा आवश्यकता र औचित्यका आधारमा प्राथमिकता निर्धारण गरिने जनाईएको छ ।
व्यवसाय संञ्चालन गर्ने उद्यमीहरुले मन्त्रालयले तोकेको मापदण्डमा रहेर उद्यम व्यवसाय चयन गर्न पाउँने छन् । मन्त्रालयले तरकारीको व्यवसायिक उत्पादन,प्रशोधन तथा बजारीकण, दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधिकरण (छुर्पी उत्पादन भण्डारण तथा निर्यात),मासुजन्य पदार्थको भण्डारण, प्रशोधन तथा बजारीकरण,फलफुल प्रशोधन तथा बजारीकरण, साना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा संञ्चालन र व्यवसायिक पशुपन्छी तथा मत्स्यपालन उत्पादन तथा प्रशोधन लगायतको उद्यमशिलतालाई छनौट कार्यसूचिमा राखेको छ ।
अनुदान कार्यक्रममा जोडिन ईच्छुक फर्म,सहकारी,निजी फर्म र व्यक्तिले चैत्र १५ गते भित्र परियोजना कार्यान्वयन ईकाई मुस्ताङ(म्याग्दी) कार्यालयमा आवेदन दिनुपर्नेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली