हिमाली जिल्ला मुस्ताङमा पाँच महिना अवधिमै एक लाख ४२ हजार बढी विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना ,ईलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका तेह्र हजार ३९८ जना गरी उक्त संख्यामा विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन् ।
या संख्या सन् २०२६ को जनवरीदेखि मेसम्म उक्त संख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिदा मे महिनामा मात्रै पैसठ्ठी हजार ९९४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । उहाँका अनुसार मे महिनामा सार्क राष्ट्रका एकसठ्ठी हजार ७९८ र अन्य राष्ट्रका चार हजार १९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण पुरा गरेका छन् । योसंख्या पाँच महिनामा भित्रिएका विदेशी पर्यटकको तथ्यांकमा (४६.२३) प्रतिशत रहेको प्रमुख गुप्तले उल्लेख गर्नुभयो ।
सन् २०२५ को जनवरीदेखि मेसम्मको पाँच महिनामा पचपन्न हजार ७५३ जना विदेशी पर्यटक भित्रिएकोमा सन् चालु वर्षको सन् २०२६ को जनवरीदेखि मेसम्मको पाँच महिनामा छयासी हजार ९८६ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको एक्यापले जनाएको छ । यो वृद्धिसंग गतवर्षको पाच महिने पर्यटक तथ्यांकको तुलना गर्दा (१५६)प्रतिशत पर्यटक वृद्धि भएको देखिन्छ ।
सन् २०२६ को पाँच महिनामा सार्कतर्फ ९१ प्रतिशत र अन्य राष्ट्रतर्फ ९ प्रतिशत मात्रै विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । सार्कतर्फ भित्रिएका पर्यटकको संख्या मध्ये करिव शतप्रतिशत विदेशी पर्यटक भारतीय रहेको प्रमुख गुप्तले जनाउँनुभयो । मे महिनामा मात्रै सार्कतर्फ ९४ प्रतिशत र अन्यतर्फ ६ प्रतिशत विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रमुख गुप्ताको भनाई छ ।
तुलनात्मक रुपमा सन् २०२५ को मे महिनामा मात्रै पच्चिस हजार ७२७ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेकामा सन् २०२६ को मे महिनामा पैसठ्ठी हजार ९९४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हो । गतवर्षको मे र चालु वर्षको मेमा पर्यटक तुलना गर्दा चालिस हजार १६७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन । यो सख्या १५६ प्रतिशतले वृद्धि भएको प्रमुख गुप्तको भनाई छ ।
मे महिनामा बढी भारतीय पर्यटकको संख्या अत्यधिक वृद्धि भएको हो । छिमेकी देश भारतमा अचाक्ली गर्मी बढेका कारण त्यहाँका शैक्षिक संस्थाहरु बन्द छन् । यसैगरी कारण भारतीय पर्यटकहरु गर्मी बिदाको अवसर पारेर मुक्तिनाथ दर्शन गर्न आएका हुन् । मुक्तिनाथ दर्शन गर्न जानेमा ८० प्रतिशत बढी भारतीय पर्यटकनै रहेका छन् ।
सन् २०२५ को जनवरीदेखि डिसेम्बर बाह्र महिनामा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । एक्याप प्रमुख गुप्तका अनुुसार पाँच महिनामा सन् २०२५ को पर्यटक लक्ष्य हासिल हुन अब अठार हजार ३८३ जना विदेश पर्यटक आए पुग्ने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली