मुस्ताङको थाप्लाङ खोलामा बाढी आउँदा अवरुद्ध बनेको बेनी—जोमसोम सडक भर्खरै खुल्यो

जामसोम—म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसास्थित थाप्लाङ खोलामा बाढी आएपछि बेनी—जोमसोम सडक अवरुद्ध भएको छ  । राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक अन्तर्गत मुस्ताङको थासाङ—४ घाँसामा ढुंगा र माटोसहितको बाढी आएपछि बेनी—जोमसोम सिधा यातायात सम्पर्क टुटेको जनाईएको छ ।

 दिउँसो करिव ४ बजेदेखि थाप्साङ खोलामा अचानक बाढी आएपछि मुस्ताङ आउजाउ गर्ने सवारी साधन गन्तब्यमा पुग्न नसकेको मुस्ताङका निमित्त कार्यालय प्रमुख ईन्स्पेक्टर राजन थापाले जानकारी दिए । थाप्साङ खोलामा बाढी आएपछि सडक बेस पुरिएपछि सडक यातायात अवरुद्ध बनेको निमित्त कार्यालय प्रमुख ईन्स्पेक्टर थापाको भनाई छ । अवरुद्ध सडक खुलाउनका लागि आयोजनाका कन्ट्याक्टरहरुसंग सम्पर्क भएको भएपनि सडक सूचारु गर्ने कार्य अझै भईनसकेको उनले जनाए ।

 म्याग्दी र मुस्ताङको प्रवेशद्धारमा पर्ने थाप्साङ खोलाको बाढीले करिव ३० मिटर जति सडकमा क्षति पुगेको जनाईएको छ । अहिले थाप्साङ खोलाको बाढीको वाहव रोकिएको छैन । त्यहाँ सडक अवरुद्ध हुँदा मुस्ताङबाट म्याग्दी र म्याग्दीबाट मुस्ताङ आउने दर्जनौं सवारी साधनहरु अलपत्र परेको घाँसा प्रहरी चौकीले जानकारी दिएको ।

भर्खरै अवरुद्ध थाप्लाङ खोलाको सडक पहिरो पन्छ्याएर सडक सूचारु भएको सडक सुपर भाईजर शेरचनले जानकारी दिए ।

यसैगरी बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ रुप्सेमा बुधबार दिउँसो भयावह बाढी आएको बेनी—जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।‘ रुप्से खोला भयावह रुपमा डरलाग्दो तरिकाले बौलायो, सायद यो अहिलेसम्मकै उच्च वाढी हो,उनले भने,‘तर बाढीले त्यहाँ रहेको बेलिब्रिज संरचनामा क्षति पुगेको छैन , पुलबाट सवारी तार्न भने जोखिम बढेको छ ।’

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका गुईठेमा पहिरो खस्दा बुधबार बिहान बेनी—जोमसोम सडक अवरुद्ध बनेको थियो । त्यहाका सडक माथिबाट अचानक पहिरो खस्दा मुक्तिनाथ दर्शन गरी फर्किएको  टीएन ०१ बीडी ३१५४ नम्बरको भारतीय रातो रंगको कारमा क्षति पुगेको थियो । सडक सुपरभाईजर शेरचनले भाग्यवश मुस्ताङबाट म्याग्दीतर्फ फर्किदै गरेको भारतीय कारण ठुलो दुर्घटना हुनबाट जोगिएको बताए । उनले सडक माथिबाट खसेको पहिरोले सडकमा गुडिरहेको कारको अगाडीको भागमा सिसा फुटेको र कारको सबै भागको बडीमा क्षति पुगेको थियो । अहिले पहिरोमा फसेको कारलाई उपकरणको सहायताले बाहिर निकाली सकेको उल्लेख गरे ।

म्याग्दीको कमजारे भुबनोटका कारण बेनी—जोमसोम सडकको म्याग्दी खण्डमा बर्खायाम लागेपछि सडक यातायात निकै कष्टकर हुने गर्छ । मनसुन सुरु भईसकेकाले राष्ट्रिय राजमार्गको म्याग्दी खण्डको दर्जनौ स्थानमा पहिरो खस्ने,नदी कटानले सडक क्षति हुने र सडक भाँसिने गर्दा बर्खायाममा बर्सेनि बेनी—जोमसोम सडक पटक पटक अवरुद्ध हुने गर्छ ।



प्रतिक्रिया