समानुपातिक उम्मेदवार सुचिबाट नाम फिर्ता लिने पूर्व वाणिज्य मन्त्रीको पत्र स्वीकृत

जोमसोम ।

पूर्व वाणिज्य मन्त्री एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङका सभापति रोमी गौचन थकालीले समानुपातिक सूचिबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन् । सभापति थकालीले समानुपातिकतर्फको जनजाती क्लस्टरतर्फ आफ्नो नाम पार्टीले समावेश गरेकोमा  उक्त नाम फिर्ता लिन नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा निवेदन पेश गरेको उल्लेख गरेका छन् ।

पूर्व वाणिज्य मन्त्री थकालीले नेपाली कांग्रेस मुस्ताङका पूर्व सभापति सुवर्णकुमार बिष्टलाई राष्ट्रिय सभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा उहाँको नाम सिफारिस नभएपछि आफ्नो नैतिक दायित्व र स्वविवेकको आधारमा समानुपातिक सूचिमा  बस्न उपयुक्त  नहुने उल्लेख गर्दै प्रारम्भदेखि नै आफ्नो नाम हटाईदिन शीर्ष नेतृत्व तहलाई अनुरोध गर्दै आईरहेको नेपाली कांग्रेस केन्द्रिय कार्यालयलाई लेखेको  निवेदनमा उल्लेख गरिएको छ ।


पूर्व वाणिज्य मन्त्रीले लेखेको निवेदनमा शीर्ष नेतृत्वलाई पटकपटक आग्रह गर्दा समेत समानुपातिक उम्मेदवारको सूचिमा आफ्नो नाम समावेश भएको देखिएकाले नेपाली कांग्रेसको केन्द्रिय कार्यालयलाई आफ्नो नाम समानुपातिक सूचिबाट हटाउँन पून ः ध्यानाकर्ष गराएका हुन् ।

 पूर्व  वाणिज्य मन्त्री रोमी गौचन थकालीले समानुपातिक नाम फिर्ता लिन पेश गरिएको निवेदन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वीकृत गरी उक्त पत्र निर्वाचन आयोगमा पठाईएको छ ।




प्रतिक्रिया