जोमसोम ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई निश्पक्ष,स्वतन्त्र,भयरहित शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्न यहाँका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो ।
बिहिबार यहाँ आयोजित जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापन सम्वन्धि जानकारी दिईएको हो । माथिल्लो मुस्ताङको थुर्लुङ फाँटमा नेपाली सेना र चराङमा सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना भईसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो । यसैगरी मुस्ताङको जोमसोम स्थित ईन्द्रबक्स गणमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस स्थापना भएको उहाँले उल्लेख गर्नुभयो । निर्वाचन सुरक्षाका लागि आवश्यकता परेमा म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पनि थप निर्वाचन सुरक्षा बेस स्थापना गर्ने तयारी भईरहेको छ ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङ स्थित गाउँपालिकाको एक भवन सशस्त्र प्रहरी बल नेपालको बिहिबार निर्वाचन सुरक्षा बेस स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । त्यहाँ केन्द्रबाट सशस्त्र प्रहरी नायब निरीक्षक (डिएसपी)को कमाण्डमा २४ जना सशस्त्र प्रहरीका निर्वाचन सुरक्षा टोली परिचालित भईसकेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मले जनाएको छ । ३५ जना निर्वाचन सुरक्षा बेस स्थापना गर्ने गरी चराङमा सशस्त्र प्रहरी टोली खटाएको हो । जसमध्ये २३ जना सशस्त्र प्रहरी बल नेपाल ३३ न. गुल्मको सुरक्षा टोली पठाइएको हो भने बाँकी थप ११ जना निर्वाचन प्रहरीको तालिम प्रशिक्षण सकेपछि खटाईने जनाईएको छ । त्यहाँको निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक ऋषिकेश राउतले नेतृत्व गरेका छन् ।
यसैगरी यहाँ स्थित निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा क्विक रेस्पोन्स टीम (क्युआरटी) समेत गठन भईसकेको जनाईएको छ ।
सरकारले घोषित निर्वाचनलाई सफल पार्न सेना परिचालन गर्ने निर्णय गरेसंगै मुस्ताङका विभिन्न स्थानमा नेपाली सेनाले दैनिक गस्ती गर्ने कार्य सुरु गरिसकेको छ । यसैगरी माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल (बीओपी) र चराङ स्थित सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले गाउँ गाउँमा निर्वाचन सुरक्षा गस्ती गर्न सुरु गरिसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता