जोमसोम— मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठुलो हिस्सा जमिन रैतानेमा परिणत भएको छ । रैतीले त्यहा रहेको गुठीको जग्गा निजी सरह बनाईसकेका छन् ।
म्याग्दी जिल्लाको साविक ६ वटा गाविसमा रहेको मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको सदार्वत गुठी संस्थानको जग्गा भोगचलनकर्ताहरुले संस्थानलाई प्रचलित सरकारी जग्गामो दरभाउ अनुसार तोकिएको शुल्क बुझाएर आफ्नो पोल्टोमा पारिसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार आयोजना गरेको पत्रकार अन्तरक्रियाँ कार्यक्रममा यस्तो जानकारी दिईएको हो । मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको मुक्तिनाथको सदार्वत गुठी संस्थानको ठुलो क्षेत्रफल जग्गा रैतीले निजी सरह बनाईसकेको जानकारी दिनुभयो ।
म्याग्दीको राखु स्थित ६ वटा गाविस भगवती, पिप्ले, मौवाफाँट,कटुवाल ,दोवा र दानामा अवस्थित मुक्तिनाथ सदार्वत गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गा मध्ये १७ हजार ५४५ रोपनी जग्गा त्यहाँका रैतीहरुले निजी सरह बनाईसकेको मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख अर्यालले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्य सचिव अर्यालले बताए ।
मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरुको सेवा सुविधाका लागि तत्कालिन समयमा त्यसबेलाका राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र बनजंगल लगायतका जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेका थिए । यसरी सदार्वत गुठी संस्थानको जग्गा त्यहाँका रैतीहरुले भोगचलन गर्न पाउँने र त्यस वापतको आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनु पर्ने प्रावधान तोकिएको थियो ।
गुठीको जग्गा भोगचलन गर्दैआईरहेका त्यहाँका जग्गा कमाउने रैतीहरुले संघीयता अघि नेपाल सरकारले गठीको जग्गा रैतानेमा परिणत गर्न पाउँने नयाँ व्यवस्था गरिदिएपछि तोकिएको शुल्क सदार्वत गुठी सस्थानलाई बुझाएर जग्गा निजी बनाईसकेको मुक्तिनाथ विकास समितिका सदस्य सचिव अर्यालको भनाई छ । उहाँले तत्कालिन समयम गुठीको जग्गा कहिल्यै किनबेच गर्न नपाउँने नियम रहेको दावी गर्नुभयो ।
पत्रकार अन्तरक्रियाँमा सदस्य सचिव अर्यालले म्याग्दीमा रहेको मुक्तिनाथको सदार्वत गुठी सस्थानको जग्गा रैताने गरेवापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा ११ लाख ७५ हजार ७१३ रुपैया जम्मा भएको र त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको जानकारी दिनुभयो ।
हाल मुक्तिनाथको स्वामित्वमा रहेको म्याग्दीको सदार्वत गुठीको नाममा जग्गा घटेर ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा रैताने हुन बाँकी रहेको सदस्य सचिव अर्यालले उल्लेख गर्नुभयो । सरकारले गुठी संस्थानको जग्गा रैताने परिणतकार्य बन्द गरिसकेकाले बाँकी त्यहाँ रहेको जग्गा गुठीकै नाममा सुरक्षित रहेको सदस्य सचिव अर्यालको भनाई छ ।
यसैगरी मुक्तिनाथ मन्दिरको नाममा साविक मुक्तिनाथ गाविस १÷ङ को कित्ता नम्बर १ देखि ३३ सम्मको क्षेत्रफलमा ४ सय ९३ रोपनी १३ आना जग्गा रहेको पत्रकार अन्तरक्रियाम जानकारी दिईएको छ।
मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी भक्तजनको लागि आवास र भोजन सुविधामा सहज व्यवस्थापन गर्न मुक्तिनाथ रानीपौवा धर्मशाला स्थापना गरिएको थियो । साविक मुक्तिनाथ गाविस १÷ग को कित्ता नम्बर ३ सय र ३ सय एक कित्तामा ६ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता