जोमसोम ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थित (ढि —सुर्खाङ) जोड्ने पक्की मोटरेबल पुल बाढी पहिरोका कारण क्षतिग्रष्त भएको छ । मंगलबार रातिदेखिको मनसुन जन्य प्रभावका कारण लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थित (ढि—सुर्खाङ) खोलामा अचानक आएको बाढी पहिरोले सुर्खाङ,यारा, घारा र दामोदरकुण्ड जोड्ने सडकको पक्की पुल पूर्ण रुपमा क्षति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
गाउँपालिकाले यहाँको ध्ये खोलादेखि सुर्खाङ,ढि, यारा,घारा र दामोदरकुण्ड सडकखण्डमा अर्को सूचना जारी नहुँदा सम्म सवारी साधन आवतजावत गर्नमा रोक लगाईएको गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले जानकारी दिनुभयो । गाउँपालिकाले प्रभावित क्षेत्रमा सवारी नचलाउन बुधबार सार्वजनिक सूचना जारी गरेको उहाँले बताउँनुभयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङले समेत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डको (ढि—सुर्खाङ) खोलामा बाढी पहिरोले पक्की पुलमा क्षति पु¥याएको उल्लेख गरेको छ । यहाँका प्रहरी निरीक्षक विकाश क्षेत्रीका अनुसार बाढी पहिरोले (ढि—सुर्खाङ)मा क्षति पुगेकाले यारा,घारा,ढि र सुर्खाङका स्थानीय नागरिकहरुको सवारी आवागन अवरुद्ध बनेको बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली