जोमसोम— गण्डकी प्रदेशकी सांसद विमला गौचनको दामोदरकुण्डबाट स्थलगत उद्दार गरिएको छ । भदौ २ गते लोघेकर दामोदरकुण्डको घारा हुँदै दामोदरकुण्ड धार्मिक स्थलको अवलोकनका लागि गएकी थिईन् । त्यहा उनको स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेना र प्रहरीको टोलीले स्थलगत उद्दार गरेको हो ।
समुन्द्री सतहको झन्डै ४ हजार ८९० मिटरको अग्लो पर्वतीय क्षेत्रमा अवस्थित पवित्र धार्मिक स्थल दामोदरकुण्डको यात्रा निकै कष्टपूर्ण हुनेगर्छ । सांसद गौचन उपल्लो मुस्ताङको निजी भ्रमणका क्रममा भदौ २ गते कष्टपूर्ण यात्रा गर्दै दामोदरकुण्डतर्फ प्रस्थान गरेकी थिईन् । सांसद गौचन दामोदरकुण्ड पुग्दा अचानक स्वास्थ्यमा समस्या देखिएको जोमसोम स्थित नारायण दल गणले जनाएको छ ।
सांसद गौचन आफ्ना सहयोगीसंगै उपल्लो मुस्ताङको लोघेकर—४ घारा हुँदै करिव १२—१३ घण्टाको उकालो पैदल यात्रा गर्दै भदौ—२ गते साँझ दामोदरकुण्डमा बाँस बस्न पुगेकी थिईन । भोलीपल्ट भदौ ३ गते बिहान सांसद गौचनलाई स्वास्थ्यमा समस्या देखिएको थियो । दामोदरकुण्डमा बिरामी परेकी सांसद गौचनको नारायण दल गण जोमसोमको समन्वयमा हेली उद्दार गर्ने पहल गरिएको भएपनि प्रतिकुल मौसमका कारण हेलि उद्दार हुन नसकेको सेनाले जनाएको छ ।
सांसद गौचन दामोदरकुण्डको यात्रामा निस्कदा जोमसोम स्थित नारायण दल गणको टोली चिनसंग सीमाना जोडिएको ३२ र ३३ नं. सीमास्तम्भको खोज तथा अनुगमनमा त्यसक्षेत्रमा पुगेको थियो । यसैका कारण पनि सांसद गौचनको उद्दारमा सेनाको उपस्थितीले थप सहयोग पुगेको थियो ।

दामोदरकुण्डमै बिरामीका कारण अलपत्र परेकी सांसद गौचनलाई स्थलमार्गबाट उद्दार गर्न आवश्यक ईकुमेन्टसहित सिमास्तभ्भ खोज तथा अनुगमनमा खटिएका केही सैनिक र लोमान्थाङको थुर्लुङ फाँटबाट केही सैनिक टोलीलाई उद्दारकार्यमा खटिन दामोदरकुण्ड पुगेको थियो । उनीहरुसंग नेपाल प्रहरी पनि साथमा थियो । बिहिबार सेना र प्रहरीको सहयोगमा सांसद गौचनलाई दामोदरकुण्डबाट स्थलमार्ग हुँदै उद्दार गरिएको छ । सांसद गौचन स्वास्थ्यका कारण आफै एक्लै हिड्न सक्ने अवस्थामा थिईनन् । उनलाई सुरक्षाकर्मीले पाखुरामा समातेर ,कतिखेर स्टेचरमा र कतिखेर डोकोमा बोकेर बिहिबार साँझ उपल्लो मुस्ताङको चराङ ल्याई पू¥याईएको थियो । जोमसोम स्थित नारायण दल गणले सांसद गौचनलाई सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै जोमसोम ल्याउँदै गरेको बताईएको छ ।
गण्डकी प्रदेशकी सांसद गौचन जनैपूर्णिमाको मेसो पारेर दामोदरकुण्ड धार्मिक स्थलको अवलोकनमा त्यहाँ प्रस्थान गरेकी थिईन । झन्डै ४ देखि ५ हजार मिटरको पेरीफेरीमा निरन्तरको पैदलयात्राका कारण सांसद गौचन थकानका कारण बिरामी परेकी थिईन । उक्त क्षेत्रमा पुग्दा कतिपय धार्मिक तिर्थालुलाई लेंक लाग्ने सम्भावना रहन्छ।
सांसद गौचनले उद्दारपछि नेपाली सेना र प्रहरी एवं स्थानीयलाई धन्यवाद व्यक्त गरेकी छिन् । सांसद गौचन रुदै हुँदै ४ दिनसम्म नेटवर्क नलाग्ने ठाउँमा स्वास्थ्य समस्याका कारण अलपत्र परेर बसेको सुनाईन् । आफु दामोदरकुण्डको धार्मिक तिर्थ यात्रामा साथीहरुसग निस्किएको र यहाँ आउँदा टाउँको दुख्ने र खुट्टा लर्रबराउने समस्या देखिएको जनाईन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली