जोमसोम—हिन्दु तथा बौद्ध धर्मालम्वीहरुको साँझा धार्मिक तिर्थस्थल मुक्तिनाथमा त्यहाँ पुगेका धार्मिक तिर्थालुहरुले भेटी स्वरुप स्वेछिक चन्दा दान गर्ने गर्छन् । २०६४ सालमा स्थापना भएको मुक्तिनाथ विकास समितिको खातामा हाल ८ करोड ३६ लाख मौज्याद छ ।
मुक्तिनाथ विकास समितिको ५ वटा बैंक खातामा ८ कराृेड ३६ लाख आर्थिक मौज्याद जम्मा भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव सूर्यप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार मुक्तिनाथमा भेटी स्वरुप उठेको चन्दा नेपाल बैंक,कृषि विकास बैंक,माछापुच्छ«े बैंक,सांग्रिला बैंक र प्रभु बैंकमा मौज्याद रहेको छ ।
मुक्तिनाथ विकास समितिको भेटी मौज्याद चालु वर्ष प्रभु बैंकमा मात्र जम्मा हुँने गरेको छ ।अन्य बैंकमा रहेको समितिको आर्थिक मौज्याद बचत खातामा रहेको उनले बताए । सदस्य सचिव शर्माले मुक्तिनाथ विकास समितिको कोषको रकम ४ वटा बैंकमा जम्मा नभएको र प्रभु बैंकमा मात्र जम्मा हुँने गरेको उल्लेख गरे ।
प्रभु बैंकमा बचत खातामा रहेको समिति कोषको २ करोड ९२ लाख रकम ५ दशमलव ५ प्रतिशत बैंक मार्फत प्राप्त गर्ने गरी समितिको नाममा मुद्यती खातामा जम्मा भएको र बाँकी १५ हजार रकम समितिको बचत खातामा रहेको सदस्य सचिव शर्माको भनाई छ । मुक्तिनाथ विकास समितिले चालु आर्थिक वर्ष फागुन ३० गतेको निर्णय अनुसार मुक्तिनाथ विकास समितिको नाममा प्रभु बैंकमा रहेको मौज्यादलाई मुद्यती खातामा राखिएको सदस्य सचिव शर्माले उल्लेख गरे ।
मुक्तिनाथको् भेटी कोषको रकम प्रभु बैंकमा मुद्यती र बचत गरी ३ करोड ७ लाख मौज्याद रहेको छ ।यसैगरी समिति कोष अन्तर्गत गता आर्थिक वर्ष २०७९÷०८० सम्ममा कृषि विकास बैंकमा १ करोड ७९ लाख ६१ हजार, माछापुच्छ«े बैंकमा १७ हजार ५९१, सांग्रिला बैंकमा ३ करोड ५२ लाख १६ हजार र नेपाल बैंकमा ११ लाख ८४ हजार बचत खातमा मौज्याद रहेको सदस्य सचिव शर्माको भनाई छ ।
मुक्तिनाथ विकास समिति अन्तर्गत मुक्तिनाथ मन्दिरमा एक जना पुजारी, एक जना रसिद काट्ने कर्मचारी र ३ जना सरसफाईकर्मी गरी ५ जना कर्मचारी कार्यरत छन् । त्यहाँ कार्यरत पुजारीसहित ५ जनाको कर्मचारीको तलब भत्तामा मुक्तिनाथ विकास समितिले मासिक ६४ हजारको अनुपातमा बर्सेनि ७ लाख ६८ हजार खर्च हुँने गरेको छ । समितिले हालसम्म जम्मा गरेको भेटी रकम कर्मचारीको खर्च कटाएर बाँकी सबै रकम समितिको खातामा जम्मा गर्ने गरिएको छ ।
मुक्तिनाथ विकास समिति गठन भई कार्यसंञ्चालन गरेको १६ वर्ष बितिसक्दा समेत मुक्तिनाथमा भक्तजनले चढाएको स्वेच्छिक भेटी कर्मचारीको तलब भत्ता बाहेक त्यहाँ भौतिक विकास खर्च हुन नसकेको हो । मुक्तिनाथमा त्यहाँ कार्यरत समितिका कर्मचारीले १ सय रुपैया भन्दा बढीको चन्दा रसिद काँटेर जम्मा गर्ने गरिएको छ । मन्दिर परिसरमा समितिको नाममा भक्तजनले चढाउँने ५ वटा चन्दा बाँकस छन् ।एक वर्षअघि मुक्तिनाथमा भक्तजनको सहजताका लागि डिजिटल चन्दा भुक्तानी गर्ने सुविधा उपलब्ध गराईएको छ । मन्दिरमा प्रभु बैंकको क्यूआरकोर्ड राखेर भक्तजनले सिधै समितिको खातामा पैसा दिन पाउँने व्यवस्था गरिएको हो । चालु वर्ष मुक्तिनाथको सबै माध्यमबाट उठेको भेटी रकम प्रभु बैंकमा मात्र जम्मा भईरहेको सदस्य सचिव शर्माले बताए ।
धार्मिक स्थल मुक्तिनाथक्षेत्रको बृहत्तर विकासका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र पुरातत्व विभागबाट मुक्तिनाथ गुरुयोजना समेत कार्यान्वयनमा छ । यद्यपी गुरुयोजना अन्तर्गत आशिंक पूर्वाधार बाहेक त्यहाको बृहत्तर विकासमा खासै उपलब्धीमूलक प्रगती हासिल हुन सकेको छैन । गुरुयोजना कार्यान्वयनमा आएको पनि करिव ५ वर्ष बढी भईसकेको छ ।
मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रजिअ र सदस्य सचिव मालपोत कार्यालयका प्रमुख हुँने विधानमा व्यवस्था छ । समितिका धेरैजसो पदाधिकारी तथा सदस्यहरु बर्तमान शासकीय संरचना अनुसार कायम नरहेकाले समितिको बैठक बस्न गणपुरक संख्या पुग्न समेत मुश्किल परेको हो । यसैका कारण मुक्तिनाथ विकास समिति खासै चलायमान हुन नसकी निष्क्रिय जस्तै भएको सरोकारवालाहरुको बुझाई छ । भक्तजनले धार्मिक पुण्यका लागि मुक्तिनाथलाई चढाईएको चन्दा त्यहाँ दर्शन गर्न जाने भक्तजनको सहजताका लागि खर्च गरिनु पर्ने भएपनि समितिले त्यहाँको विकासमा कुनै लगानी गर्न सकेको छैन । मुक्तिनाथ क्षेत्रमा जाने धार्मिक भक्तजनहरुलाई त्यहाँ पुग्दा स्वच्छ ,सफा र वातावरणमैत्री सुविधा हुँने पर्ने र भक्तजनलाई सुविधा र सहज हुँने गरी शौचालय,बाथुरुम र कपडा चेन्जिङ रुम हुनु पर्ने भएपनि बेलाबेला त्यहाँ पुग्ने भक्तजनले त्यहाँको व्यवस्थापनप्रति प्रश्न उठाउने गरेका छन् ।
यसै आर्थिक वर्षको साउन १८ गते जिल्ला प्रशासनको हातामा संघ तथा प्रदेश सांसद ,स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि ,प्रशासन,जिसस, र मुक्तिनाथ विकास समितिका पदाधिकारी सम्मिलित बहुसरोकारवालाहरुको बैठक बस्यो । उक्त बैठकलाई मुक्तिनाथ विकास समितिको बैठको समेत मान्यता दिईयो । त्यसबेला बैठकले मुक्तिनाथको कोषको रकम केही चलायमान गरी मुक्तिनाथमा आवश्यक पूर्वाधार निर्माणमा खर्च गर्न सकिने निर्णय गरिएको थियो । तत्कालिन सिडियो अनुप केसीको अध्यक्षतामा बसेको बहुसरोकारवाला बैठकले समितिको कोषको रकम मन्दिर क्षेत्रको विकास,व्यवस्थापन र संरक्षणमा खर्च गर्ने गरी पूर्वाधार निर्माण सहजीकरण समिति गठन ग¥यो । सो ५ सदस्यीय सहजीकरण समितिमा सिडियोको अध्यक्षतमा मालपोत कार्यालय,मुक्तिनाथ मन्दिरका प्रमुख लामा,मन्दिरका पुजारी र संम्वन्धित वडाका वडाध्यक्ष सदस्य रहने गरी तोकियो । समितिले मुक्तिनाथ गुरुयोजनाको मापदण्डमा रहेर मन्दिर परिसरमा रहेको योजनालाई पुरा गर्ने,कुण्ड व्यवस्थापन गर्ने,अधुरो रहेको भवन संरक्षण गर्ने,मन्दिर परिसरमा छाना र कुर्सीसहितको बिश्रामस्थल निर्माण गर्ने,परिसरमा छप्पनी ढुङ्गा बिच्छ्याउने लगायतका निर्णय गरेको थियो । यसका लागि पूर्वाधार विकास कार्यालयलाई खरिद नियमावली अनुसार लागत स्टमेट तयार गर्न जिम्मेवारी दिने निर्णय गरिएको थियो ।
त्यसबेला समितको बैठक मान्यताद दिईदै मुक्तिनाथको नाममा रहेको जग्गाहरुको एकिन गरी संरक्षण गर्ने,पर्खाल र तारबार लगाउने,सिसी टिभि जडान गर्ने,व्यवस्थित सेफ्टी ट्याङकी निर्माण गर्ने,घोडा हिड्ने बाटोको मर्मत सुधार गर्ने आगो ताप्न हिटिङ रुम निर्माण गर्ने र मन्दिर परिसरको सौन्दयीकरण गर्ने लगायतका निर्णय गरिएको थियो ।
समितिको बहुसरोकारवाला उक्त बैठक बसेको ८ महिना बितिसक्दा समेत मुक्तिनाथ विकास समितिले त्यहाँको विकासमा खर्च गर्न चाँसो दिएको छैन । मुक्तिनाथमा नेपाली र भारतीय धार्मिक भक्तजनसहित विभिन्न देशका नागरिकले चन्दा दिने गर्छन् । त्यहाँ चढाईएका कतिपय देशका मुद्रा समेत सटही हुन नसक्दा प्रहरी कार्यालयमा थन्क्याएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता