मावि शिक्षकको दरबन्दी माग राख्दै शिक्षा मन्त्री पुनलाई बुझाईयो ज्ञापनपत्र

जोमसोम—

यहाँको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा अवस्थित जनशान्ति माध्यमिक विद्यालयका लागि एक जना माध्यमिक तहको स्थायी शिक्षकको दरबन्दीको व्यवस्था मिलाईदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनसमक्ष बुधबार ज्ञापन पत्र बुझाईएको छ ।

जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको नेतृत्वमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ लगायतको टोलीले आज मन्त्रालयमै पुगेर माध्यमिक तहको शिक्षक दरबन्दीको व्यवस्था गरिदिन लिखित माग गरेको हो ।

यसैक्रममा टोलीले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेलाई समेत विद्यालयको समस्याका बारेमा जानकारी गराएका छन् ।

गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङले मन्त्री पुन र  शिक्षा मानव स्रोत विकास केन्द्रका महानिर्देशकसंग भएको छलफल उपलब्धिमूलक भएको बताउँनुभएको छ । मन्त्रालय मार्फत चाँडैनै जनशान्ति माध्यमिक विद्यालय कागबेनीमा माध्यमिक तहको स्थायी शिक्षकको दरबन्दी सृजना हुने आश्वासन प्राप्त भएको अध्यक्ष गुरुङको भनाई छ ।


प्रतिक्रिया