केशब घिमिरेको ‘गुहार गुहार’ म्युजिक भिडियो सार्वजनिक

गुहार गुहार भन्दै आए  केशब घिमिरे

 देशको समसामयिक विषयवस्तु लाई समेटी लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले  गुहार गुहार  बोलको गित लिएर  आएका छन।

 चन्दन डिजिटल म्युजिक प्रा लि को प्रस्तुति रहेको गितमा   केशव घिमिरे को शब्द, लय ,स्वर  रहेको छ भने  महिला स्वर मा लक्ष्मी बरालको आबाज रहेको छ।  ,गणेश सापकोटा  को छायांकन ,केशब घिमिरेको परिकल्पना निर्देशन ,सुबाश अम्गाइ को सम्पादन ,  अंकिता सापकोटाको श्रीङगार  ,फलानो  कृयसन को दृश्य निर्माण रहेको गीत लाई Keshab Ghimire official युटुब  च्यानल मार्फत  हेर्न सकिन्छ।

 न्यून आए भएका ,आम्दानी भन्दा खर्च धेरै भएर महङ्गीले निसास्सीएका,आत्तिएका सर्वसाधारण जनताको वास्तविक घट्ना लाई  अडियो भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको छ।

चर्चित हाँस्य व्यंग्य कलाकार राजेन्द्र नेपाली लटे, टिकटिक बाट उदाएकी कलाकार प्रतिक्षा अधिकारी, मुन्द्रेमान श्रेष्ठ , ऋषि पौडेल,कमल अर्याल लगायत कलाकारको  अभिनय  यो गित को भिडियोमा देख्न सकिन्छ।

पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन ।पोखरा लाई नै कर्म थलो बनाएर बसेका घिमिरेले युवा व्यवसायी पनि हुन भने ६२-६३ साल यता बाट सांगीतिक क्षेत्रमा नल लागिरहेका छन। 

   करिब २०० भन्दा बढि  गीत बजारमा ल्याइसकेको  बताउने घिमिरेको पछिल्लो गित गुहार गुहारले  पनि  सफलता पाओस हाम्रो  शुभकामना ।।भिडियो को लिन्क संगै


प्रतिक्रिया