पशुपंन्छी कसूरका फरार प्रतिवादीहरु मुस्ताङ प्रहरीद्धारा पक्राउ


जोमसोम—पशुपन्छी  कसूर अपराधमा फरार रहेका पाँच जना प्रतिवादीलाई सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङले पक्राउ गरी  नियन्त्रणमा लिएको छ । प्रहरी नायब निरीक्षक देवबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी  टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पशुपन्छी कसूर अपराधमा फरार धवलागिरी गाउँपालिका—६ म्याग्दीका २५ वर्षीय अमृत भन्ने शेरबहादुर सुनार , २३ वर्षीय रामबहादुर सुनार, धौलागिरी गाउँपालिका—२  की ३९ वर्षीया ओमदेवी वि.क.,मालिका गाउँपालिका—४ म्याग्दीका हर्कबहादुर सुनार र धौलागिरी गाउँपालिका—६ का ३८ वर्षीय लालबहादुर लाम्गादे भन्ने गनविर कामी पक्राउ परेको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

 पक्राउ परेका फरार  पाँचै जनालाई जिल्ला अदालत मुस्ताङमा पेश  गरिएको र अदालतबाट उनीहरुलाई कारागार पठाउने आदेश भएको प्रहरी नायव उपरीक्षक पाण्डेले उल्लेख गरे ।
यसअघि पक्राउ परेका फरार प्रतिवादी विरुद्ध मुद्धा दायर हुँदा जिल्ला अदालत मुस्ताङले उनीहरु विरुद्ध एक महिनादेखि तीन महिनासम्म कैंद सजाय र जरिवाना हुँने गरी फैसला भएको थियो ।


प्रतिक्रिया