जोमसोम—हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तह मध्ये ३ वटा पालिकामा च्यांग्रा जोन विकास कार्यक्रम विगत ३ वर्षदेखि कार्यान्वयनमा छ । जिल्लाको लोमान्थाङ ,लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्यांग्रा जोन विकास कार्यक्रम कार्यान्वयनमा ल्याईएको हो ।
जिल्लाको च्यांग्रा पालन व्यवसायलाई थप व्यवस्थित र व्यवसायमूलक बनाई च्यांग्रा पालन हबको रुपमा विकास गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाई मुस्ताङले आर्थिक वर्ष २०७८÷०७९ देखि ५ वर्षका लागि च्यांग्रा जोन विकास कार्यक्रम संञ्चालन गर्दैआईरहेको छ । यसप्रकारको कार्यक्रमले मुस्ताङका च्यांग्रा पालन व्यवसाय गर्दैआईरहेका पशुपालक व्यवसायलाई उत्पादनशीलका साथै पशु पालनक्षेत्रमा स्थानीय कृषकहरुलाई आर्कर्षित गराउने उद्देश्य च्यांग्रा जोन विकास कार्यक्रम संञ्चालन भईरहेको परियोजना कार्यान्वयन ईकाई मुस्ताङका कार्यालय प्रमुख नेत्र भट्टले जानकारी दिए । परियोजनाको जोन मापदण्डमा रहेर उपल्लो भेंकका ३ पालिकामा च्यांग्रा जोन विकास कार्यक्रम लागु भएको ईकाई प्रमुख भट्टको भनाई छ ।
परियोजना अन्तर्गत च्यांग्रा जोन विकास कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०÷०८१ मा ८६ लाख ८९ हजार विनियोजन भएको छ । परियोजनाको न्यूनतम मापदण्ड १५ हजार भन्दी बढी च्यांग्रा भएका लाभग्राही पशुपालक किसानलाई जोनमा आवद्ध गरी विभिन्न अनुदान शिर्षकमा प्याकेज कार्यक्रम संञ्चालनमा ल्याईएको छ ।परियोजनाको च्यांग्रा जोनको तेस्रो वर्षको बजेटमा जम्मा ६ लाख खर्च भएको हो । बजेट तालिम र कृषक भ्रमणमा खर्च भएको हो । बाँकी बजेट कृषकहरु संग सम्झौता गरी खर्च गरिने परियोजना कार्यान्वयन ईकाईले बताएको छ ।
परियोजनाको च्यांग्रा जोन विकास कार्यक्रम अन्तर्गत विभिन्न पूर्वाधार निर्माण गर्न ८५ प्रतिशतसम्म अनुदान दिने गरिएको परियोजना कार्यान्वयन ईकाईले जनाएको छ । च्यांग्रा जोन अन्तर्गत चालु वर्षका लागि ७ वटा च्यांग्रा हुल्ने खोर सुधारका जोनले ८५ प्रतिशत अनुदान दिनेछ । जसमा प्रत्येक खोरसुधारका लागि अनुदान सहुलियत अनुसार ३ लाख २१ हजार अनुदान पाउँनेछन् ।
च्यांग्रा पालनको बृहत्तर विकास गर्ने लक्ष्य अनुरुप चालु वर्ष २ वटा पशुको नश्ल स्रोत केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान पाउँने गरी प्रत्येक स्रोत केन्द्र निर्माणमा १४ लाख अनुदान उपलब्ध गराईने छ ।पशुको नश्ल सुधारका लागि उन्नत च्यांग्राको बोका खरिद गरी वितरण गरिने छ ।
लक्षित जोनमा पशुको नश्ल सुधार तथा उत्पादन बृद्धि कार्यक्रम च्यांग्रा जोन विकास कार्यक्रममा सूचिकृत च्यांग्रा पालक कृषकहरुको माग अनुसारका उत्पादन सामाग्री तथा रोग प्रतिरोधात्मक औषधिहरु अनुदानमा वितरण गरिने परियोजना कार्यान्वयन ईकाई मुस्ताङले उल्लेख गरेको छ । यसैगरी चालु वर्षमा पशुको आहारा व्यवस्थापन कार्यक्रम अन्तर्गत साईलेज,युरिया मोलासेस ब्लक तथा गुणस्तरीय दाना वितरण संम्वन्धि कार्यक्रम समेत संञ्चालन हुने परियोजना कार्यान्वयन ईकाईको भनाई छ ।
परियोजनाले संञ्चालन गर्दैआईरहेको च्यांग्रा जोन विकास कार्यक्रम अन्तर्गत गतवर्ष ७२ लाख ४० हजार विनियोजन भएको थियो ।च्यांग्रा जोनमा आवद्ध ५८ जना च्यांग्रापालक कृषकहरुलाई शतप्रतिशत बजेट विभिन्न अनुदान शिर्षकमा खर्च गरिएको थियो । गतवर्ष च्यांग्रा जोन अन्तर्गत लोघेकर दामोदरकुण्ड गाउँपालिकामा ४ वटा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ६ वटा गरी कुल १० वटा खोर सुधार भएका थिए । जसमा प्रत्येक खोरका लागि ८५ प्रतिशत अनुदान दिने गरी प्रतिखोर सुधारमा ३ लाख अनुदान दिईएको थियो ।
यसैगरी पशुको २ वटा नश्ल स्रोत केन्द्र निर्माणमा २८ लाख अनुदान दिईएको थियो । अनुदान लोघेकर दामोदरकुण्डमा १ र लोमान्थाङ गाउँपालिकामा १ वटा पशु नश्ल स्रोत केन्द्र निर्माण भएका थिए । गत वर्ष पशुको नश्ल सुधारकाका लागि १४ वटा उन्नत च्यांग्राको बोका वितरण गरिएको थियो ।
च्यांग्रा जोन विकास कार्यक्रम कार्यान्वयनको पहिलो आर्थिक वर्ष २०७८÷०७९ मा ७५ लाख ३० हजार बजेट विनियोजन भएको थियो । जसमा ४९ लाख ३० हजार अर्थात ६५ प्रतिशत बजेट खर्च भएको थियो । उक्त वर्ष परियोजनाको च्यांग्रा जोन विकास ढिलो गरी संञ्चालनमा आएका ३५ प्रतिशत बजेट फ्रिज हुन पुगेको थियो । पहिलो वर्ष जोनमा आवद्ध ८ वटा च्यांग्रा पालक फर्महरुले जोनको अनुदान प्राप्त गरेका थिए ।
पहिलो वर्ष परियोजना ईकाईले पटक पटक सूचना प्रकाशित गरेपनि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशुपालक कृषकहरुबाट मात्र जोन विकास कार्यक्रममा माग हुन आएका थिए ।जसअन्तर्गत वारागुङका पशुपालकहरुलाई ७ वटा खोर सुधारका लागि २१ लाख अनुदान दिईएको थियो । पहिलो वर्ष संकलन केन्द्र निर्माणमा १२ लाख अनुदान प्राप्त भएको थियो भने पशुको नश्ल स्रोत केन्द्र निर्माणमा १४ लाख अनुदान दिईएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता