मुस्ताङका उच्चलेंकहरुमा यार्सागुम्बा संकलनकार्य सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिका अन्तर्गत कुञ्जो,कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समिति अन्तर्गतका उच्चलेकहरुमा २ बैशाखदेखि यार्सागुम्बा संकलन फुकुवा गरिएको हो ।
हिमालको फेंदीमा प्राकृतिक रुपमा पाईने वन्य जटीबुटी यार्सागुम्बा समून्द्री सहतको तीन हजारदेखि छ हजार मिटरको उच्चउचाईको लेंकमा पाईने गर्छ । शारिरीक स्फूर्ति तथा विभिन्न आयुर्वेदिक औषधिहरुमा उपयोग हुने हिमाली जटिबुटी यार्सागुम्बाका स्वास्थ्यवद्र्धक मानिन्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिकाका आधा दर्जन बढी लेंकहरुमा बर्सेनि बैशाखदेखि असार मसान्तसम्म यार्सा संकलन हुन्छ । मुस्ताङमा यार्सा संकलन गर्न जिल्ला भित्रका स्थानीय, जिल्लामा अस्थायी बसोबार गरेका व्यक्ति र जिल्ला बाहिरबाट उल्लेख्य व्यक्तिहरु उच्चलेंक पुग्ने गर्छन ।
यहाँका उच्चलेकहरुमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएमसी)हरुले संकलनकर्ताहरुलाई तोकिएको शुल्क लिएर यार्सागुम्बा संकलन गर्न लेंकमा जाने अनुमति दिने गर्छन । यार्सा संकलन फुकुवा गर्नुअघि सम्वन्धि क्षेत्रका एक्याप अन्तर्गतका सीएमसीहरुले एक्याप कार्यालयलाई लिखित पत्रचार गरी यार्सा फुकुवा गर्न अनुमतिका लागि सिफारिस माग गर्ने गरेको एक्याप जोमसोमका प्राकृतिक स्रोत सरक्षण सहायक दिपक ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सा फुकुवा गर्न लेंकमा जाने अनुमतिका लागि संरक्षेणक्षेत्रको नियमहरु पालना गर्ने शर्तसहित यार्सा संकलन अनुमतिका लागि सम्वन्धित सीएमसीलाई सिफारिस उपलब्ध गराईने गरिएको प्राकृतिक स्रोत सरक्षण सहायक ओलीको भनाई छ ।
यहाँको एक्याप कार्यालयले यार्सा संकलन गर्ने अवधिभर यार्सा संकलनमा हुने स्थानमा सम्भावित जोखिम ,चोरी शिकारी,बन डढेलो,अवान्छित गतिविधि र अपराधजन्य घटना रोकथाम गर्ने शर्तहरु उल्लेख गरि सम्वन्धित यार्सा संकलन अनुमति गर्न दिने संरक्षण व्यवस्थापन समितिलाई सचेत गराईने गरिएको छ । यार्सा संकलन गर्न जादा समितिले तोकेको दस्तुर शुल्कका साथै संम्वन्धित व्यक्तिको विस्तृत विवरण सहितको अभिलेख संकलन गर्ने गरिएको छ ।
यहाँको थासाङ गाउँपालिकाको कोवाङ सीएमसीले उच्चलेंकमा यार्सा संकलन गर्न जाने सर्वसाधारण नागरिकहरुलाई यार्सा संकलन पूर्जी वितरण गरेको समितिका अध्यक्ष जीवन थकालीले जानकारी दिनुभयो । उहाँका अनुुसार स्थानीयलाई तीन हजार ५०० रुपैया र जिल्ला बाहिरका यार्सा संकलन गर्न जानेलाई सात हजार शुल्क उठाउने गरिएको बताउँनुभयो । कोवाङ समितिले मुलिखर्क,मुली,पड्के ,ठुलो सरे र सानुसरे लगायतका उच्चलेंकमा यार्सा संकलन फुकुवा गरेको अध्यक्ष थकालीले उल्लेख गर्नुभयो । कोवाङ समितिको लेंकमा हालसम्म ८७ जनाले यार्सा संकलन अनुमति लिएकोमा नौ जना व्यक्ति स्थानीय रहेको बताउँनुभयो ।
थासाङको बतासे लेंकमा पनि यार्सा संकलन फुकुवा भईसकेको छ । टुकुचे लेंकमा हालसम्म पैतालिस जनाले यार्सा संकलन अनुमति लिएको बताईएको छ । टुकुचे समितिले यार्सा संकलन गर्न स्थानीयलाई हजार रुपैया र जिल्ला बाहिरका ब्यक्तिलाई तीन हजार शुल्क उठाउने गरेको जनाईएको छ । यसैगरी थासाङको कुञ्जो लेंकमा पनि यार्सा संकलनकार्य सुरु भईसकेको त्यहाँको संरक्षण व्यवस्थापन समितिले उल्लेख गरेको छ ।
यसैगरी यहाँको घरपझोङ गाउँपालिका स्थित संरक्षण व्यवस्थापन समितिले बैशाख २५ गतेदेखि यार्सागुम्बा संकलन अनुमति दिने तयारी भएको समितिका सचिव पवन गुरुङले जानकारी दिनुभयो । जोमसोम समितिले जोमसोम,ठिनी र ढुम्बा गाउँका स्थानीय कुरिया दर्ता भएकालाई चार हजार र अरुको घरखेत कमाएर बसेका व्यक्तिलाई प्रति व्यक्ति छ हजार शुल्क तोकिएको सचिव गुरुङले बताउँनुभयो । जोमसोम समितिले स्थायी र अस्थायी बसोबास गरेका बाहेक अन्य जिल्ला बाहिरका व्यक्तिलाई यार्सा संकलन पूर्जी वितरण नगरेको जनाईएको छ ।
यहाँको वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले जेठ २ गतेदेखि यार्सा संकलन फुकुवा गर्ने तयारी गरेको छ । मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले नेर झोङ, लिरी,रिसम्बा र छिमीघ्वा लगायतका लेकहरुमा यार्सा संकलन गर्ने अनुमति दिने गरेको समितिका सचिव लाक्पाटसी गुरुङले जानकारी दिनुभयो । योसंगै मुस्ताङका अन्य लेकहरुमा पनि यार्सा संकलन हुने गरेको एक्याप जोमसोम कार्यालयले जनाएको छ ।
मुस्ताङका उच्चलेकहरुमा संकलन गरिएका यार्सागुम्बा जिल्ला बाहिर लैजान परेमा ब्यापारी तथा व्यक्तिहरुले संम्वन्धित सरक्षण क्षेत्र व्यवस्थापन समितिले निकासी दस्तुर र स्थानीय तहले यार्सागुम्बा निकासी राजश्व बुझाउनु पर्ने हुन्छ ।
यसैगरी यार्सा संकलन गर्ने व्यक्ति वा व्यापारीले जिल्ला बाहिर यार्सा निकासी गर्नुपरेमा वन नियमावली अनुसार नेपाल सरकार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरक्षण विभागको खातामा जम्मा हुने गरी प्रति केजी ३१००० रुपैया राजश्व बुझाउनु पर्ने नियम छ । यसरी निकासी गर्दा निकासीकर्ताको विवरणसहित, संकलन गरिएको स्रोत, घाटगद्यी (नापतौल) गरी मुचुल्का तयार गर्ने गरिन्छ । निकासीकर्ताले सरकारलाई राजश्व बुझाएको भौचर एक्याप कार्यालयमा पेश भएपछि मात्रै निकासीकर्ताको यार्सालाई लाहाछाप लगाएर शिलबन्दी गरी छोडपूर्जी उपलब्ध गराईन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली