मुस्ताङको घरपझोङ गाउँपालिका र ललितपुर महानगर भगिनी सम्वन्धमा जोडिदै



जोमसोम—हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका र ललितपुर महानगरपालिकबीच भगिनी सम्वन्ध स्थापित गरिने भएको छ । अन्तर स्थानीय तहबीच आपसी समन्वय सहकार्य र समझादारी मार्फत द्धिपक्षिय असल अभ्यासलाई दर्बिलो तुल्याउन भगिनी सम्वन्ध स्थापना गर्ने तयारी अन्तिममा पुगेको हो ।

 मुस्ताङको घरपझोङ गाउँपालिका सदरमुकाम जोमसोमसमेत रहेको पर्यटकीय राजधानी हो । ललितपुर महानगरपालिकासंग सुमधुर सम्वन्ध स्थापित गर्दै अन्तर स्थानीय तहबीच हुने असर अभ्यास आदान÷प्रदान तथा अन्तरक्रियाँ गरी दुईपक्षिय हितको सम्भावनाका विषयमा घनिभुत छलफल चलाईने कार्यक्रम तय गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकाको सभाहलमा विषेश सभारोहकाबीच  शनिबार भगिनी सम्वन्ध स्थापनाको औपचारिक घोषणा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।

यसै प्रयोजनका लागि घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिकाको टोलीले मुस्ताङमा आमन्त्रण गरेको हो ।टोली घरपझोङसंग सम्वन्ध स्थापित गर्ने प्रयोजनार्थ शुक्रबार साँझ जोमसोम आईपुगेको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार भोली शनिबार गाउँपालिकाको सभाहलमा औपचारिक रुपमा महानगर र पालिकाबीच भगिनी सम्वन्ध स्थापना गरिएको सहमतिपत्रमा हस्ताक्षरसहित यसको औपचारिक घोषणा गरिने कार्यक्रम रहेको अध्यक्ष लालचनले बताए ।

गण्डकी प्रदेशकै शीर हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकासंग भगिनी सम्वन्धि स्थापना गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाको दुई दर्जन जम्बो जनप्रतिनिधि तथा कर्मचारी टोली मुस्ताङ आईपुगेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र महानगरका वरिष्ठ अधिकृत सागर थापासहित महानगरका वडाध्यक्ष तथा वडा सदस्य लगायतको टोली भगिनी सम्वन्ध स्थापना गर्ने तयारीसहित मुस्ताङ आईपुगेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले ललितपुर महानगरपालिका र घरपझोङबीच हुने भगिनी सम्वन्ध स्थापनाको सबै तयारी पुरा भएको जनाएको छ । घरपझोङ र ललितपुर महानगरपालिकाबीच भगिनी सम्वन्ध स्थापना गरी अन्तर स्थानीय तहको मैत्रीपूर्ण तथा दिगो सस्थागत सम्वन्धलाई उचाईमा लग्दै सस्थागत प्रणालीलाई सुदृढ र सवल बनाएर आपसी हित र सहकार्यलाई बढावा दिने गरी भगिनी सम्वन्धको साझा अवधारणा पत्रमा समेत हस्ताक्षर गरिने बताईएको छ ।

 हिमाली क्षेत्रको जिवन्त मौलिक कलासंस्कृति,जैविक विविधता,पर्यटकीय पूर्वाधार, शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि,पशुपालन र यहाँको प्रचुर सम्भावना र गाउँपालिकाले कार्यसम्पादन गर्दैआईरहेको असल अभ्यासका अनुभवहरु ललितपुर महानगरपालिकासंग सियर गरिने छ । हिमाली क्षेत्रका समस्या र चुनौती,प्राकृतिक स्रोत साधन उत्खखन तथा व्यवस्थापनमा परेको समस्या र जलवायु संकटले मुस्ताङले भोग्र्दैआईरहेका विद्यमान समस्या उजागर गरिने छ । यसै गरी घरपझोङले आफु भन्दा ठुलो र अब्बल महानगरपालिका गरेको असल अभ्यास र सम्भावनाको बिषयलाई पछ्याउदै त्यसको कार्यान्वयनका सम्भावना र मार्गहरु पहिल्याउन भगिनी सम्वन्ध प्रभावकारी हुने अपेक्षा गरिएको छ । ललितपुर महानगरपालिकाका सांस्कृतिक सम्पदाले निकै प्रख्यात छ । त्यहाँ ऐतिहाँसिक दरबार,मठमन्दिर र प्राचिन संस्कृति मौजुद छ ।

मुस्ताङमा घरपझोङ गाउँपालिकाले अन्तर स्थानीयबीचको सम्वन्ध र असल अभ्यास आदान प्रदान गर्नका लागि जिल्लामा पहिलो प्रयास थालेको हो । 



प्रतिक्रिया