जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिकामा शनिबारदेखि वडास्तरीय ‘ प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सुरु भएको छ । घरपझोङ गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप मुस्ताङको घरपझोङ—५ ठिनीमा यसैवर्षदेखि ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता सुरुवात गरिएको हो ।
पछिल्लो सयम बैदेशिक रोजगारका क्रममा बढ्दो युवा पलायन भईरहेको अवस्थामा गाउँपालिकाले युवा पलायनलाई सकेसम्म न्यूनिकरण गर्नका लागि खेलकुद क्षेत्रको विकास गर्ने रणनीति लिएको हो । युवाहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने तथा उनीहरुको खेलकुदप्रतिको रुचिलाई मुखरित गर्नु र युवाबर्गहरुमा खेल क्षमताको विकास गर्ने लक्ष्यसहित ‘ प्रथम अध्यक्ष कप’ खेलकुद प्रतियोगिता आयोजना गरिएको जनमुक्ति युवाक्लवका अध्यक्ष संञ्जय थकालीले जानकारी दिए ।
मुस्ताङमा आयोजित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ अन्र्तगत भलिबल खेल र स्थानीय सादा धनुषवाण(तारा) खेल प्रतियोगिता समावेश गरिएको क्लवका अध्यक्ष थकालीले बताए ।
बर्सेनि आलोपालो संञ्चालन हुने गरी सुरु गरिएको प्रथम अध्यक्ष कप २०८१ को पहिलो आयोजना गर्ने मौका घरपझोङ वडा नं ५ ले पाएको हो । भलिबलतर्फ ५ वटै वडाबाट अनिवार्य एक÷एक टिम सहभागी हुने व्यवस्था गरिएको छ । स्थानीय सादा धनुषवाण( तारा) खेलतर्फ ५० वर्ष भन्दा माथि ५० वर्ष भन्दा मुनि उमेर समुहलाई फरक÷फरक तरिकाले खेल संञ्चालन हुने वडाध्यक्ष प्रदिप थकालीले बताए ।
गाउँपालिका अन्र्तगत वडागत रुपमा आयोजना हुने भलिबल खेलको च्याम्पियनले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । ५० भन्दा माथि र ५० भन्दा तल्लो उमेरका खेलाडी सहभागी टिमले क्रमशः नगद २५ हजार र १५ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउने छन् ।
यसअघि मुस्ताङको ठिनीमा आयोजित प्रथम अध्यक्ष कप २०८१ को गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले दिपप्रज्वलन गरी उद्घाटन गरेका थिए । अध्यक्ष लालचनले खेलकुदको विकाससंगै,कृषि,पर्यटन र धर्मसंस्कृति जोगाउन यसप्रकारको कार्यक्रम महत्वपूर्ण हुने दावी गरे ।