लोमान्थाङ गाउँपालिकाले ल्यायो २७ करोडको बजेट



जोमसोम—उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सोमबार आर्थिक वर्ष २०८१÷०८२ का लागि २७ करोडको १२ लाख ७६ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशनमा उपाध्यक्ष छिमी बिष्टले उक्त परिमाणको बजेट सार्वजनिक गरेकी हुन् ।

उपाध्यक्ष बिष्टले गाउँसभा अधिवेशनमा पेश गरेको कुल बजेट मध्ये चालु खर्चतर्फ १४ करोड ३७ लाख र पुजिँगततर्फ १२ करोड ७५ लाख छ । लोमान्थाङ गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ भन्दा करिव डेढ करोड मात्र बजेट कम छ ।

 गाउँपालिकाको कुल बजेटमा गत वर्षको आन्तरिक श्रोत मौज्याद र पालिकाको राजश्व गरी अनुमानित ५ लाख २५ हजार ७५ हजार संकलन हुने प्रक्षेपण गरिएको छ । संघीय राजश्व बाँडफाँड प्राप्त बजेट ४ करोड ५६ लाख र प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त ५५ लाख ७७ हजार बजेटमा समावेश भएको हो ।

लोमान्थाङ गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा संघीय बित्तिय समानिकरण अनुदान ७ करोड ६ लाख र प्रदेश बित्तिय समानिकरण अनुदान ४६ लाख २२ हजार छ । सघीय सशर्त अनुदान ६करोड ७४ लाख २ हजार छ ।

यस्तै, संघीय समपुरक अनुदान १ करोड ५० लाख र प्रदेश समपुरक अनुदान ६० लाख छ । प्रदेश सरकारको विषेश अनुदान ४० लाख रहेको छ ।

 आर्थिक वर्ष २०८१÷०८२ का लागि सार्वजनिक गरिएको लोमान्थाङ गाउँपालिकाको बजेट अन्तर्गत आर्थिक विकासतर्फ ९३ लाख,सामाजिक विकासतर्फ १ करोड ९६ लाख ,पूर्वाधार विकासतर्फ ७ करोड ८६ लाख ६७ हजार,सुशासन र अन्तरसम्वन्धित क्षेत्रतर्फ १ करोड ११ लाख ५० हजार र विपद् व्यवस्थापन कोषतर्फ ४० लाख बजेट विनियोजना गरेको उपाध्यक्ष छिमी बिष्टले गाउँसभा अधिवेशन जानकारी दिईन् ।

 यसअघि लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गाउँपालिकाको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । गाउँसभामा अध्यक्ष गुरुङ र उपाध्यक्ष बिष्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित बजेट गाउँसभाले पारित गरेको गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए ।

 आगामी आर्थिक वर्षको लागि पेश गरिएको लोमान्थाङ गाउँपालिकाको बजेट २ करोडले घटेको हो । चालु वर्ष लोमान्थाङको कुल बजेट २९ करोड थियो ।



प्रतिक्रिया