जोमसोम ।
मुस्ताङका शिक्षाप्रेमी जयन्द्रलाल थकाली सम्मानित भएका छन् । शिक्षाप्रेमी थकालीलाई जोमसोम स्थित जनहित माध्यमिक विद्यालय परिवारले आईतबार एक कार्यक्रमकाबिच सम्मान गरेको हो ।
जनहित माध्यमिक विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका शिक्षाप्रेमी थकाली उक्त विद्यालयबाट एसएलसी परीक्षा उर्तिण गर्ने पहिलो ब्याजका विद्यार्थी हुन् । जनहित माध्यमिक विद्यालयको समग्र शैक्षिक,भौतिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएका शिक्षाप्रेमी थकालीलाई आज जनहित माध्यमिक विद्यालयले फेदा र दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरेको जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले बताउँनुभयो ।
यहाँको घरपझोङ—४ जोमसोम निवासी थकालीले जनहित माध्यमिक विद्यालयमा ४२ वर्ष लामो शैक्षिक सेवा पु¥याएका थिए । वि.स. २०२८ सालदेखि वि.स.२०४३ साल १५ वर्षसम्म निरन्तर विद्यालयको शिक्षण पेशामा बिताएका शिक्षाप्रेमी थकाली त्यसपछि वि.स. २०५४ सालदेखि वि.स. २०८१ साल २७ वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर नेतृत्वदायी भूमिका कुशलतापूर्वक निभाएका थिए ।
शिक्षाप्रेमी थकालीकै कार्यकालमा जनहित माध्यमिक विद्यालयमा प्लस टुको कक्षा संञ्चालन भएको थियो भने त्यसपछि विद्यालयको प्राविधिक धारतर्फको कक्षा संञ्चालन भएको थियो । थकालीकै अग्रसरतामा जनहित माध्यमिक विद्यालय नमूना विद्यालयको रुपमा सूचिकृत भएको थियो । विद्यालय नमूनाको रुपमा सूचिकृत भएंसंगै त्यहाँको शैक्षिक,भौतिक,आर्थिक विकासका ढोकाहरु उघ्रिएको थियो ।
शिक्षाप्रेमी थकालीलाई विद्यालयका अध्यक्ष महेन्द्रबहादुर थकाली,वडाध्यक्ष यमप्रसाद थकाली, गाउँपालिका पूर्व उपाध्यक्ष शर्मिला गुरुङ लगायतले दोसल्ला र सम्मानपत्र अर्पण गरेका थिए ।
यसैगरी सोही विद्यालयमा ३५ वर्षसम्म शिक्षण पेशामा सक्रिय हुँदै सेवा निवृत्त शिक्षक माधवजी भण्डारीलाई पनि विद्यालयले सम्मानसहित बिदाई गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता