मुस्ताङमा मनाईयो विश्व ध्यान दिवस



जोमसोम—हिमालपारी मुस्ताङमा विश्व ध्यान दिवस २०८१ कार्यक्रम मनाईएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका, जिल्ला आयुर्वेद  स्वास्थ्य केन्द्र र सामाजिक विकास कार्यालय मुस्ताङको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा शनिबार विश्व ध्यान दिवस मनाईएको हो ।

 ‘विश्वव्यापी सद्भावाक लागि आन्तरिक शान्ति’नारासहित मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालको नेतृत्वमा विश्व पहिलो ध्यान दिवस मनाईएको हो ।

 संयुक्त राष्ट्रसंघको महासभाले  डिसेम्बर ६, २०२४ मा  २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रुपमा घोषणा गरेको थियो । सोही घोषणा अनुसार मुस्ताङमा यसप्रकारको विश्व पहिलो ध्यान दिवस कार्यक्रमको आयोजना गरिएको हो ।


 विश्व ध्यान दिवसमा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय,आमा समुह,स्थानीय निकायका जनप्रतिनिधि एवं कर्मचारी, नागरिक समाज र पत्रकार लगायतले सहभागीता जनाएका थिए ।

ध्यानका माध्यमबाट विश्वव्यापी सद्भाव कायम हुने र यसले आन्तरिक शान्तिलाई प्रर्वद्धन गर्ने विश्व ध्यान दिवसमा अपेक्षा गरिएको छ । विश्व ध्यान दिवसको महत्व स्थापित गरी यसको भावातीय ध्यानमा गरिएको वैज्ञानिक अनुसन्धानमा बल प्रदान गर्ने दिवसमा बताईएको छ ।


 मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको सभाहलमा आयोजित विश्व ध्यान दिवस कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले ध्यान योग सम्वन्धि प्रचवचन तथा ध्यान अभ्यासा गराएका थिए । सो अवसरमा प्रजिअ भुसालले ध्यान योगले हिंसा र संङ्घर्ष जस्ता नकारात्मक सामाजिक प्रवृत्तिलाई निरुत्साहित गर्ने उल्लेख गरे ।



प्रतिक्रिया