जोमसोम— मुस्ताङको थासाङ गाउँपालिकाले यात्रुका सारथी ईन्द्र शेरचनलाई सम्मान गरेको छ । थासाङ गाउँपालिकाद्वारा बिहिबार आयोजित फागुपूर्णिमा (तोरन्ल पर्व) विशेष कार्यक्रममा थासाङ—२ नाउरिकोट हाला म्याग्दी दाना निवासी शेरचन सम्मानित भएका हुन् ।
यात्रुका सधैंका सारथी शेरचनको (बेनी—जोमसोम) सडकमा निकै ठुलो योगदान छ । बर्सेनि बर्खायामको प्रतिकुल मौसममा मुस्ताङ यात्रा गर्ने पर्यटक तथा तिर्थालुहरु र उक्त सडकमा आउजाउ गर्ने सवारी साधनलाई अप्ठ्यारो अवस्था आईपर्दा टुप्लुक्क उद्दारमा खटिने गर्छन । लगातार बेनी—जोमसोम सडकमा सुपरभाईजरको काम गर्दैआईरहेका शेरचन बेनी—जोमसोम सडकमा भगवान बनेर तुरुन्तै उद्दारकार्यमा खटिन्छन् । आफ्नो ज्यानको परवाह नगरी जोखिम मोलेर उद्दारमा खटिने शेरचनको मुस्ताङ र म्याग्दी क्षेत्रमा निकै चर्चा हुने गर्छ ।
उनको योगदानको उच्चकदर गर्दै थासाङ गाउँपालिकाले उनलाई हार्दिकतापूर्वक सम्मान गरेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप शेरचनले जानकारी दिए । शेरचनलाई मुस्ताङबाट निर्वाचित संघीय सांसद योगेश गौचन थकाली र गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे । सम्मानले आफुलाई ठुलो हौसला प्रदान भएको र यसले सामाजिक योगदानमा लाग्न थप प्रेरणा मिलेको यात्रुका सारथी शेरचनले बताए ।
शेरचन मुस्ताङ र म्याग्दीमा पटक—पटक सम्मानित भईसकेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता