चिनिया ईमिग्रेसनमा नेपाली भाषालाई चिनियामा अनुवाद गरिएको पुस्तक


जोमसोम—उत्तरी कोरलानाकाको चिनिया ईमिग्रेसन लाईबेरीमा नेपाली भाषालाई अनुवाद गरिएको ४ वटा पुस्तक राखिएको छ । नेपाली भाषालाई चाइनिजमा अनुवाद गरिएको ४ वटा पुस्तक कोरलाको चाईनिज ईमिग्रेसनमा रहेको छ ।

नेपाली भाषामा अनुवाद गरिएको ४ वटै पुस्तकमा सामान्य बोलीचालीका रुपमा प्रयोग गरिने नेपाली ब्याकरणहरुलाई समावेश गरिएको छ  । कोरलानाकाको चाईनिज ईमिग्रेसनमा राखिएको ति पुस्तकको सहायताबाट चाईनिज पक्षले नेपाली  र नेपाली पक्षले चाईनिज भाषा पढेर बुझ्नका लागि ति पुस्तकहरु राखिएको हो ।

चाईनिज ईमिग्रेसनमा राखिएको अनुवादित पुस्तकहरुको प्रोफाईलमा स्वंम्भु,बौद्ध ,संसद भवन र सिंह दरबारको तस्विर राखिएको छ ।

चिनियाले नेपाली र नेपालीले चाईनिज भाषा सिक्न र बुझ्न ईमिग्रेसनमा राखिएको पुस्तकले सहयोग पू¥याउने देखिन्छ । कोरलानाका खुल्ला भएकाले ईमिग्रेसनमा राखिएको पुस्तक दुबै पक्षलाई प्रभावकारी हुने विश्वाश गरिएको छ ।


प्रतिक्रिया