जोमसोममा आरसीसी तटबन्धको २ सेसन सकियो

हिमाली जिल्ला मुस्ताङको जोमसोम बजार जोगाउनका लागि कालिगण्डकी नदी नियन्त्रणको काम तीब्रताका साथ अघि बढेको छ । कालिगण्डकी नदीले बर्सेनि गर्ने कटानले जोमसोम बजार जोखिममा रहेको महशुस गरी सरकारले ‘जोमसोम बजार संरक्षण योजना’ अघि बढाईएको थियो ।

कालिगण्डकी नदी उकास बर्सेनि वृद्धि भईरहने र  त्यसले नदीको धार परिवर्तन भई बस्ती उच्चजोखिममा पर्ने भएकै कारण जोमसोम बजार संरक्षणका लागि नदी नियन्त्रण तटबन्ध योजना निर्माणको काम भएको हो । जोमसोम बजारलाई नदी कटानको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले संघीय सरकार अन्तर्गत  जलश्रोत तथा सिंचाई विभागको नदी नियन्त्रण महाशालाले उक्त योजनालाई मूर्त रुपमा दिलाएको हो ।

 आ.व. २०८१ को २७ बैशाखमा जोमसोम बजार संरक्षण योजनाको कुल ८ करोड लागतमा ठेक्का सम्झौता भएको थियो ।जोमसोम बजारमा कालिगण्डकी नदी नियन्त्रणका लागि आवश्यक तोकिएको शर्तको पूर्वाधार तथा भौतिक संरचना निर्माणका लागि साकुरा विल्डर्स एण्ड ईन्द्रयणी जेभी कन्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।महाशाखासंग भएको ठेक्का सम्झौतापछि ठेक्का पाएको निर्माण कम्पनी मजदुर र आवश्यक उपकरणसहित गतवर्षको १६ जेठमा कार्यस्थलमा परिचालन भएको थियो ।

 जोमसोम बजार संरक्षण योेजना अन्तर्गत घरपझोङ गाउँपालिका—४ काठेपुल देखि जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको क्याम्प रहेको नदी क्षेत्रको दुरीमा ३ वटा सेसनमा नद आरसीसीसहितको ग्याविक वाल निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौता मुताविक निर्माण कम्पनीले  जोमसोम स्थित कालिगण्डकी नदीको तटीय भागमा कुल चार हजार ७ सय घनमिटर पल्मकंक्रिट वाल, एक हजार २ सय घनमिटर ग्याविक वाल र तटबन्धको बेस निर्माणका लागि करिव एक हजार घनमिटर ¥याप ढलान गर्ने गरी निर्माण कम्पनीले तटबन्ध निर्माण योजनाको जिम्मा पाएको थियो ।

 जोमसोम बजार सरक्षण योजनाका निर्माण कम्पनीका मुख्य प्रतिनिधि शिवकुमार श्रेष्ठले जोमसोम बजारमा नदी नियन्त्रण तटबन्धको काम तीब्रताका साथ भईरहेको जानकारी दिनुभयो । सम्झौता अवधि एक वर्ष रहेको जोमसोम बजार सरक्षण योजनाको काममा निर्माण कम्पनीले हालसम्म पचपन्न प्रतिशत भौतिक र बयालिस प्रतिशत बित्तिय प्रगती भएको निर्माण कम्पनीका मुख्य प्रतिनिधि श्रेष्ठले जानकारी दिनुभयो । प्रतिकुल मौसमका कारण र बर्खायामको समय कालिगण्डकी नदीको बाहव उच्च हुने भएकाले नियमित रुपमा काम गर्न कठिनाई भएको स्पष्ट पार्नुभयो । ‘ हामीले नियमित काम गर्न पाएको भए अहिले ८० प्रतिशत भौतिक प्रगती भईसक्थ्यो,’मुख्य प्रतिनिधि श्रेष्ठले थपे,‘ यहाँको भुगोल,प्रतिकुल मौसम र कालिगण्डकी नदीको अवरोधले गर्दा नियमित काम गर्न सकेका छैनौं ।’

 मुस्ताङ सदरमुकाम जोमसोम बजार र त्यस आसपासका सरकारी कार्यालयको संरक्षणका लागि जोमसोममा कालिगण्डकी नदी नियन्त्रण तथा सरक्षणकार्यको आवश्यक पूर्वाधार निर्माण भएको मुख्य प्रतिनिधि श्रेष्ठले बताउँनुभयो । उहाँले दीर्घकालिन रुपमा जोमसोम बजारलाई नदी कटानको जोखिमबाट सुरक्षित तुल्याउन कम्पनीले जिम्मेवारीपूर्व काम गर्दैआईरहेको जनाउँनुभयो । सम्झौता भएको ८ महिनामा निर्माण कम्पनीले असार महिनामा पन्ध्रदिन र दशै÷तिहारमा डेढ महिना मात्रै काम गर्न पाएको मुख्य प्रतिनिधि श्रेष्ठको भनाई छ ।

 मुख्य प्रतिनिधि श्रेष्ठले जोमसोम बजार संरक्षण योजना अन्तर्गत तीन सेसन मध्ये दुई सेसनको काम सम्पन्न भईसकेको बताउँनुभयो । योजना अन्तर्गत काठेपुल र त्यस तलकोबिचको सेसनको काम सकिएको र अहिले अन्तिम सेसनको ¥याप ढलानका लागि बेस निर्माण र पल्मकंक्रिटको गर्न काम भईरहेको छ । कुल चार हजार ७ सय घनमिटर पल्मकंक्रिट वाल मध्ये हालसम्म दुई हजार ५ सय घनमिटर पल्मकंक्रिटको काम सकिएको निर्माण कम्पनी प्रतिनिधि श्रेष्ठले खुलाए । उहाँका अनुसार  एक हजार २ सय घनमिटर ग्याविक वाल लगाउनु पर्नेमा  हालसम्म चार सय ५० घनमिटर सम्पन्न भएको र एक हजार घनमिटर ¥याप ढलान मध्ये  छ सय घनमिटर ¥याप ढलानको काम सम्पन्न भईसकेको जानकारी दिनुभयो । निर्माण कम्पनीका मुख्य  प्रतिनिधि श्रेष्ठले छोटो समय अवधिमा पनि कम्पनीले अपेक्ष गरेभन्दा बेसी काम गरेको दावी गर्नुभयो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङ स्थित कालिगण्डकी नदी कटान र बर्सेनि वृद्धि हुने नदी उकासका कारण मुस्ताङको छुसाङदेखि थासाङ गाउँपालिकाको लेतेसम्मको तटीय क्षेत्रमा रहेका १३ गाउँहरु नदी कटानको उच्चजोखिममा छन् । यसका लागि संघीय तथा प्रादेशिक सरकारको बजेटले त्यसक्षेत्रका विभिन्न सेसनहरुमा नदी नियन्त्रणको काम भईरहेको छ । नदी नियन्त्रण तटबन्धको संरचना निर्माण भईरहेपनि नदी कटानले गर्दा निर्माण गरिएका टतबन्धको भौतिक सरचनामा निरन्तर क्षति हुने क्रम बढ्दो अवस्थामा छ । 



प्रतिक्रिया