जोमसोम—राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजामा मुस्ताङको लोमान्थाङ गाउँपालिका जिल्लामै पहिलो घोषित भएको छ । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले कार्यसम्पादनमा ४२ दशमलव २८ प्रतिशत अंक ल्याएर जिल्लामै प्रथम स्थान सुरक्षित गरेको हो ।
कार्यसम्पादन मूल्यांकन वापत प्रदेश सरकार तथा स्थानीय तहलाई विभिन्न १७ वटा सूचकमा दिईएको अंकभार आयोगले सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वारागुङ मुक्तिक्षेत्रले ३० दशमलव २२ प्रतिशत, थासाङ ले २९ दशमलव ६८ प्रतिशत, घरपझोङले २९ दशमलव ५८ प्रतिशत र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २५ दशमलव ३३ प्रतिशत अंक पाएका छन् ।
आयोगले असार १० गते भित्र बजेट पेश गरे÷नगरेको, असार मसान्त भित्र बजेट पारित गरे÷नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे÷नगरेको लगायतका सूचकहरुका आधार मूल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे÷नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
८ फाल्गुण २०८०, बुधबार ०८:२४ मा प्रकाशित
1123
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता