अध्ययन अवलोकन भ्रमण उपलब्धिमूलक अध्यक्ष लाललचन [फोटो फिचर]

जोमसोम—घरपझोङ गाउँपालिकाको एक हप्ते अध्ययन अवलोकन भ्रमण उपलब्धिमूलक भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताएका छन् ।

स्थानीय तहको असल अभ्यास अनुभव बटुल्ने उद्देश्यसहित घरपझोङ गाउँपालिकाले पूर्वी नेपाल र गण्डकी प्रदेशको एक स्थानीय तहमा पुगेर असल अभ्यास लगायत विभिन्न बिषयमा अन्तरक्रिया गरेको थियो । एक हप्ते अध्ययन अवलोकन भ्रमण समापनपछि घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले यस्तो जानकारी दिएका हुन् ।


 अध्यक्ष लालचनले हेटौडा उपमहानगर पालिका,ब्यास नगरपालिका र ईलामको रोङ गाउँपालिकासंग असल अभ्यास लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया भएको जनाए । घरपझोङ गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि,कर्मचारी र एक पत्रकारसहित ३३ जनाको समुहको पूर्वी नेपालका विभिन्न स्थानीय तहसंग भईरहेको विकास तथा असल अभ्यासका बिषयमा घनिभूत छलफल भएको थियो । अध्यक्ष लालचनले भूगोल र जनसंख्या लगायतका हिसाबले आफुभन्दा ठुलो उपमहानगरपालिका,नगरपालिका र स्थानीय तहलाई नजिकसंग बुझ्ने अवसर प्राप्त भएको बताए ।


‘हामीले अरु स्थानीय तहको कार्यसम्पादन कस्तो छ, त्यहाको विकास मोडल,सुशासन,सामाजिक न्याय र शिक्षा ,स्वास्थ्य ,पर्यटन, जैविक विविधता, कृषि र पालिकको कार्यक्षेत्रमा पर्ने सबैको विषयमा अपडेड हुन पाईयो,’अध्यक्ष लालचनले भने, हामीले प्राप्त गरेका जानकारी र उपलब्धिहरुलाई कतिहदसम्म कार्यान्वयन गर्न सकिन्छ भन्ने हो, विेशेष गरी पर्यटन विकास र कृषिमा केन्द्रित थियौं । अध्यक्ष लालचनले यसप्रकारको अध्ययन अवलोकन भ्रमणले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकासमा ठुलो योगदान पुग्ने बताए ।


 यसैगरी घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष जमुना थकाली पालिका अध्ययन भ्रमण सार्थक रहेको दावी गरिन् ।‘हाम्रो पालिका भ्रमण केही सिक्न र हामी गरेका गतिविधिलाई असल अध्यासनको रुपमा आदान प्रदान गर्नु थियो, केवल घुम्नका लागि मात्रै थिएन,’उपाध्यक्ष थकालीले भनीन्, हामी पुगेका ३ स्थानीय तहबाट धेरै कुरा जान्ने बुझने अवसर मिल्यो ।’


 प्रमुख प्रशासकीय अधिकृत बेदहरी बेदहरी अधिकारीले गाउँपालिकाको अध्ययन अवलोकन भ्रमणले कर्मचारी र जनप्रतिनिधिको कार्यदक्षतामा नयाँ उर्जा थपिने विश्वास व्यक्त गरे । ‘हाम्रो गतिविधिलाई असल अध्यासका रुपमा अनुभव बाड्ने अवसर पाईयो, हामीले पनि अरु पालिकाको बिस्तृत कार्यसम्पादनका बिषयमा जानकारी मिल्यो,’प्रशासकीय अधिकृत अधिकारीले भने,‘हाम्रा ईश्यु र अन्य स्थानका ईश्युहरु फरक रहेको पाईयो, तर हामीले कृषि र पर्यटन र पशुपालनका क्षेत्रमा हामीले धेरै कुरा गर्न सक्छौं भन्ने त्यहाको अवलोकन र जानकारीबाट प्राप्त भयो ।’

यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकाले हेटौडा उपमहानगरपालिकासंग असल अभ्यासका बिषयमा जानकारी लिएको थियो । त्यहाँ आयोजित कार्यक्रममा घरपझोङ गाउँपालिकाको अध्ययन अवलोकन भ्रमण टोलीले हेटौडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र ,प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम लगायतको टोलीसंग अन्तरक्रिया गरेको थियो ।


हेटौडा उपमहानगरपछि घरपझोङ गाउँपालिका टोलीले ईलाम रोङ गाउँपालिका संग असल अभ्यासका बिषयमा जानकारी आदान÷प्रदान गरेको थियो । रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो,उपाध्यक्ष बिष्णुमाया खवास र प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार चौहान लगायत गाउँपालिकाको बिषयगत शाखाका कर्मचारीको उपस्थितीमा असल अभ्यासका बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

 यस्तै,घरपझोङले तनहुको ब्यास नगरपालिकासंग पनि असल अभ्यासका बिषयमा छलफल भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपाने,उप नगरप्रमुख ईन्दिरा दरै र प्रमुख प्रशासकीय अधिकृत काशीनाथ गैरे लगायत ब्यास नगरपालिकाको टोलीसंग अन्तरक्रियाँ भएको थियो ।


घरपझोङको टोलीले धरान नगरपालिकासंग पनि असल अभ्यास आदान÷प्रदान गर्ने उद्देश्य राखेको भएपनि तमु ल्होसारको सार्वजनिक बिदा परेकाले सम्भव नभएको हो । त्यहाँका मेयर हर्क साम्पाङसंग भेट गर्ने बताईएको भएपनि मेयरको कार्य व्यवस्तताले सम्भव नभएको घरपझोङ गाउँपालिकाले बताएको छ ।


प्रतिक्रिया