जातिय विभेदविरुद्ध हिमालपारि बाजागाजासहित ¥याली

जोमसोम— ‘नेपाल भरिका दलितहरु एक हौं’ नाराका साथ हिमालपारि मुस्ताङमा बुधबार बाजागाजासहित ¥याली निकालिएको छ । उन्नाईशौं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मुस्ताङको जोमसोममा ¥याली तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

¥यालीमा दलित समुदाय माथि राज्य, गैर दलित समुदाय र विभिन्न संघसंस्थाबाट  हुँने सबै खाले जातिय विभेद,असमानता, हिंसा र उत्पिडनका विरुद्धm बुलन्द आवाज उठाउँदै मुस्ताङका दलित समुदायहरुले जातिय छुवाछुत तथा उन्मुलन दिवस मनाएका हुन् । दलित हकअधिकार सम्वन्धि लेखिएका विभिन्न प्लेकार्ड र ब्यानरसहित उपस्थित दलित अधिकारकर्मी तथा समुदायले बाजागाजाका साथ पुथाङ एअरपोर्टबाट जोमसोम बजार परिक्रमा गर्दै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर थियो । बाजागाजासहितको ¥यालीमा दलित समुदायका महिला अधिकारकर्मीहरु छमछमी नाचेर ¥यालीको रौनकता बढाएका थिए ।

¥यालीपछि आयोजित अन्तरक्रियाँ कार्यक्रममा प्रशासन ,प्रहरी ,जिल्ला सरकारी वकिलको कार्यालय ,नागरिक समाज र पत्रकार लगायतले उपस्थिती जनाएका थिए । नेपाल दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईञ्चार्ज भीमबहादुर रसाईली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । ईञ्चार्ज रसाईलीले राष्ट्रिय रुपमा राज्यले जातिय छुवाछुत तथा उन्मुलन दिवस घोषणा गरेपनि यसका अवशेषहरु विद्यमान रहेको बताउँनुभयो । नेपालका दलित समुदायहरु जातिय छुवाछुत तथा उन्मुलन भयो भनेर हौसिनु पर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले दलित न्याय र मुक्ति अनि समानताका लागि अझै संघर्ष गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।

 यस्तै दलित मुक्ति समाज नेपालका मुस्ताङका संस्थापक अध्यक्ष तिलक विकले दलितहरुको समुत्थान र न्यायका लागि दलित एकता हुनुपर्ने जिकिर गर्नुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले जातियताका आधारमा कुनै पनि बर्ग र समुदाय माथि हुने हिंसा,भेदभाव र असमानता कानुनी रुपमा क्षम्य नहुने बताउँनुभयो । राज्यले निर्माण गरेको संविधानमै जाती,बर्ग, समुदाय माथि हुने हिंसा ,भेदभाव र असमानता विरुद्ध विभिन्न ऐन कानुनको व्यवस्था भएको बताउँनुभयो ।

 कार्यक्रममा विभिन्न वक्ताहरुले दलित बर्ग माथि हुने हिंसा,विभेद र असमानता विरुद्ध आफ्ना भनाई राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका सचिव आदित्य रसाईली जातिय छुवाछुत तथा उन्मुलनका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

अन्तरक्रियामा जातिय छुवाछुत तथा उन्मुलन दिवस मनाई रहँदा यसप्रकारका कार्यक्रम औपचारिकतामा सीमित हुने गरेको भन्दै सहभागिहरुले प्रश्न राखेका थिए ।जातिय विभेदकै कुरा गरिरहँदा दलित समुदाय भित्रै अन्तर विरोध हुने गरेको सहभागिहरुले उल्लेख गरेका थिए । दलितहरु जबसम्म आर्थिक ,सामाजिक, राजनीतिक रुपमा सवल र सक्षम हुँदैन तबसम्म दलितहरुको हकअधिकारहरु पुरा नहुने सहभागिहरुले भनाई राखेका थिए । 


प्रतिक्रिया