मुस्ताङका अंग्रज पत्रकार रसाईली सम्मानित

मुस्ताङ, १०, असार ।।

मुस्ताङका अंग्रज पत्रकार भीमबहादुर रसाईली सम्मानित भएका छन् ।  घरपझोङ गाउँपालिकाको सोह्रौं गाउँसभा अधिवेशनमा जिल्लाको समग्र विकासमा योगदान पु¥याएको उल्लेख गर्दै पत्रकार रसाईलीलाई घरपझोङ गाउँपालिकाले मंगलबार गाउँसभामा सम्मान गरेको हो ।

 जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङ,घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाल र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले पत्रकार रसाईलीलाई संयुक्त रुपमा दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान अर्पण गरेको हो ।

 २०६४ सालदेखि अनवरत रुपमा हिमालपारीको आवाज साप्ताहिक पत्रिका संञ्चालन गर्दैआईरहेका मुस्ताङका अंंग्रज पत्रकार रसाईली समसामयिक विषयमा खरो उत्रने गरी कलम चलाउँने गर्छन । मुस्ताङमा भूमाफियाबाट भईरहेको सार्वजनिक जग्गा अतिक्रमण र मुस्ताङको वेथिती विरुद्ध ‘जे देख्यो ,त्यो लेख्यो’ स्तम्भ लेख्दै आईरहेका पत्रकार रसाईली मुस्ताङको पत्रकारिता जग बसाल्ने पहिलो व्यक्ति हुन् ।

 यसअघि पत्रकार रसाईली राजधानी दैनिक,रुप्से दैनिक, ढोरपाटन दैनिक,एभिन्युज टेलिभिजन, र अभिमत साप्ताहिकमा काम गरेको अनुभव छ ।


प्रतिक्रिया