जोमसोम— उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौ।वको बेनी—जोमसोम—कोरला) सडक आयोजना अन्र्तगत अलपत्र चराङ छोसेर सडकको काम साउनदखि धमाधम संञ्चालनमा आएको छ । निर्माण कम्पनी तामाङ ÷गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले जिम्मा लिएको चराङ—छोसेर २५ किमी सडकको निर्माण कम्पनीलाई असार मसान्तदेखि लागु हुने गरी दैनिक जरिवाना रकम तोकिएसंगै चराङ—छोसेर सडक निर्माणको अधुरो काम धमाधम सुरु भएको हो ।
जोमसोम—कोरला ११० किमी ७ खण्ड मध्ये ६ खण्डको ग्रोभल सडक २०७६ साल अगावै सकिंदा निर्माण कम्पनीको चरम ढिलासुस्ती र वेवास्ताका कारण चराङ—छोसेर २५ किमी छैटौ खण्ड विगत ५ वर्षदेखि अलपत्र पर्दैआईरहेको थियो । गौरवको सडक अन्र्तगत आर्थिक वर्ष २०७३÷०७४ सालमा २४ करोड लागतमा ठेक्का सम्झौता भएको चराङ—छोसेर ग्रोभल सडक ८० प्रतिशत भौतिक प्रगती हुँदा सडक निर्माणको काम अलपत्र परेको आयोजनाले जनाएको छ ।
सुरुवाती चरणमा सडक निर्माण थालेको कोशी एण्ड न्यौपानेले काम गर्ने छनक नदेखिएपछि केही महिना अघि जोईनको अर्को पार्टनरी गौरी पार्वती काम फर्किएको थियो । तर,कालो सूचिबाट जोगिन काममा फर्किएको भएपनि पछिल्लो समय चराङ—छोसेर सडक निर्माणले गति लिन सकेन ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले निर्माण कम्पनीलाई पटक ÷पटक अलपत्र सडकको काम सूचारु गर्न तोकता गरिएको भएपनि निर्माण कम्पनीको अटेरीका कारण चराङ—छोसेर सडक सम्पन्न हुन नसकेको हो । उक्त सडक खण्डको निर्माण कम्पनीको काममा नफर्किने गरी गरिएको छलछामलाई निस्तेज पार्दै आयोजनाले कुल ठेक्का सम्झौता रकम २४ करोडको (०.०५) प्रतिशत दैनिक जरिवाना रकम तोकेपछि निर्माण कम्पनी काममा फर्किएको आयोजना प्रमुख ध्रुव झाले जानकारी दिए ।‘
चराङ —छोसेर सडकको काम निकै ढिलो भयो, पटक पटक ताकेता ग¥यौं,आयोजना प्रमुख झाले भने,‘ दैनिक जरिवान तोक्ने बाहेक अरु उपाय भएन ।’ उनले निर्माण सम्पन्न नभएसम्म उक्त कम्पनीलै दैनिक १ लाख २० हजारको दरले जरिवाना लाग्ने निर्णय भएको बताए । जरिवाना लाग्ने भएपछि निर्माण कम्पनी निर्माण स्थलमा फर्किएको उनले उल्लेख गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता