महिला सशक्तिकरणको आवाजसहित हिमालपारी मुस्ताङमा अन्तराष्ट्रिय नारी दिवस [तस्विरसहित]


जोमसोम—महिला माथि हुँने सवै प्रकारका हिंसा,उत्पिडन र दमनलाई सामाजिक रुपमै बहिष्कार गरिनुपर्ने र महिला बर्ग माथि हुँने असमानता र विभेदलाई ज्वरै देखि निमिट्यान्न पार्नुपर्ने बुलन्द आवाजसहित हिमालपारीको जिल्ला मुस्ताङमा महिलाहरुको आवाज गुन्जिएको छ । ११४औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मुस्ताङका महिलाहरुले महिला माथि हुँने सबै खाले हिंसा र विभेदको अन्त्य गर्न राज्य तहले ठोस  नीति र कार्ययोजना लागु गर्नुपर्नेमा जोड दिएका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकामा आज ११४ औं अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । घरपझोङको पुथाङ एअरपोर्टमा, वारागुङ मुक्तिक्षेत्रको कागबेनीमा,लोघेकर दामोदरकुण्डको चराङमा र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङमा दिवस मनाईएको हो ।

घरपझोङ गाउँपालिका—३ स्थित पुथाङ आमा समुहको आयोजनामा गरिएको ११४ औं अन्तराष्ट्रिय नारी दिवस जोमसोममा विभिन्न कार्यक्रम गरी मनाईएको हो । दिवसलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ, घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले सहकार्य गरे ।

पृथक भुगोल ,मनोरम प्राकृतिक दृष्यले भरिएको हिमाली जिल्ला मुस्ताङमा महिलाहरुलाई अन्तराष्ट्रिय नारी दिवसमा उत्साहजन सहभागीता जनाएका छन् । यस वर्षको नारा ‘महिलामा लागानी, सभ्य र समुन्नत समाजको थालनी’उद्घोषत मुस्ताङका महिलाहरुले महिला हक अधिकारी र महिला समावेशीताका नारालाई बुलन्द पारेका छन् । घरपझोङ गाउँपालिका कार्यालयबाट जोमसोम बजार परिक्रमा गर्दे निस्किएको उत्साहजक महिला ¥यालीमा प्रशासन,प्रहरी ,जनप्रतिनिधि,कर्मचारी,विभिन्न संघसंस्था,आमा समुह,व्यवसायी र पत्रकारले उपस्थिती जनाएका छन् । हिमाली जिल्ला मुस्ताङको मौलिक कलासंस्कृति र भेषभुषामा चिटिक्क सजिएर  ¥यालीमा सहभागी भएका महिलाहरुले  बर्सेनि मार्च ८ लाई अन्तराष्ट्रिय नारी दिवस अर्थात नेपाली महिलाहरुको महान पर्वको रुपमा लिएको बताएका छन् ।


 मुस्ताङमा आयोजित अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला ¥यालीमा सहभागी जिल्ला समन्वय समितिकी प्रमुख माया गुरुङले संविधानले परिकल्पना गरेको महिला हकअधिकार अझै सुनिश्चित हुन नसकेको बताईन् ।  समाजमा अझै पनि महिलाहरुका समस्याहरु ज्यूँका त्यूँकै अवस्थामा रहेको उल्लेख गर्दै जिसस प्रमुख गुरुङले सामाजिक हिंसा,आर्थिक र्हिसा,घरेलु हिंसा र राजनीतिक हिंसा लगायतका समस्या विद्यमान रहेको जनाईन् ।  हरेक वर्ष दिवसका नाममा दिवस मात्रै होईन, अब महिलाहरुलाई सहभागीता सशक्तिकरण र समानताका लागि अझै संर्घष गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ । तराईका क्षेत्रमा महिला हिंसा तुलनात्मक रुपमा बढी हुँने गरेको चर्चा गर्दै समन्वय प्रमुख गुरुङले मुस्ताङका महिलाहरु क्रमिक रुपले अधिकार सम्पन्न हुँदै गईरहेकोमा गर्व गरिन् ।
 अन्तराष्ट्रिय नारी दिवसका अवसरमा हिमाली जिल्ला मुस्ताङका महिलाहरुले ¥यालीपछि कार्यक्रम गरेका थिए ।

जोमसोम स्थित पुथाङ बहुउद्देश्यीय समाजघरमा आयोजिक कार्यक्रममा मुस्ताङका महिलाहरुले आफ्ना दुख र वेदनाहरु गीत र नृत्यमा प्रस्तुत गरेका थिए । उनीहरुले महिलाहरु स्वाबलम्वन बन्नुपर्ने समावेशी सिद्धान्तका आधारमा आफ्नो हकअघिकारका लागि पहुँच खोज्नुपर्ने र स्वयंम महिलाहरु आर्थिक रुपमा समृद्ध हुन विभिन्न अवसरका मार्गहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका छन् ।

घरपझोङ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारी प्रकृति गुरुङले पर्यटकीय सिजन र खेतीपातीको व्यस्त समयमा समेत सबै व्यवस्तालाई पन्छ्याएर महिलाहरुले उत्साहजनक सहभागीता जनाएको जानकारी दिईन् । उनले अन्तराष्ट्रिय दिवसका अवसरमा विश्वभरका महिलाहरुलाई शुभ—कामना व्यक्त गदै महिला हकअधिकार र सामाजिक विभेदको अन्त्यका लागि सबै एकतावद्ध भएर जुट्नु पर्ने तर्क गरिन् ।  महिलाहरु शिक्षा,स्वास्थ्य,धर्मसंस्कृति र समाजमा निर्णायक क्षमतामा पुग्नसक्ने अवस्था बनिरहेकाले महिलाहरुलाई राज्यले सबै तहमा समेट्नु पर्ने आवश्यकता रहेको उनले जनाईन् । तुलनात्मक रुपमा अन्य जिल्ला भन्दा मुस्ताङका महिलाहरु पछिल्लो समय जागरुक र आर्थिक पहुँचको क्षेत्रमा जोडिएको उल्लेख गर्दै स्वास्थ्यकर्मी गुरुङले महिलाहरुले अबका दिनमा राजनीतिक अधिकार र आर्थिक विकासमा अग्रसर हुन सके घरेलु हिंसा र सामाजिक विभेदलाई निरुत्साहित गर्न सकिने उनको भनाई छ ।


मुस्ताङमा आयोजित अन्तराष्ट्रिय नारी दिवसका अवसरमा संरक्षण क्षेत्रमा महिलाको भूमिका विषय वक्तृत्वकला प्रतियोगिता,म्यूजिक चियर्स,सांस्कृतिक नृत्य र महिला हक अघिकार संम्वन्धि गीतहरु प्रस्तुत गरिएको थियो । यसअघि दिवसमा आयोजित कार्यक्रमको जिल्ला समन्वय समिति प्रमुख माया गुरुङ,उपप्रमुख आईतेलाल थकाली,घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन ,उपाध्यक्ष जमुना थकाली र पुथाङ आमा समुहकी अध्यक्ष छेटेन गुरुङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा सहभागी घरपझोङ—१ छैरोकी स्थानीय महिला विमला परियारले महिलाहरुले दिवसका नाममा दिवसमा मात्र मनाएर नहुँने तर्क गरिन् । उनले महिलाहरु माथि हुँने हिंसा ,उत्पिडन र विभेदलाई अन्य समयमा निरन्तर आवाज उठाउन आवश्यकता रहेकोमा जोड दिईन् । महिलाहरु सन्तान जन्माउने कारखाना र चुलो चौकोमा मात्र सीमित हुन्छन् भन्ने पुरानो रुढिवादी चिन्तन र पुरातनवादी सोचले समाज र राष्ट्रले समृद्धि हासिल गर्न नसक्ने उल्लेख गरिन् ।  महिलाहरुलाई अधिकार संम्पन्न बनाउन आर्थिक विकासको मार्गहरुमा सहज पहुँच पू¥याउनु पर्ने उनको भनाई थियो ।

मुस्ताङमा अन्तराष्ट्रिय नारी दिवसका अवसरमा दुई महिलालाई उत्कृष्ठ सम्मान गरिएको छ ।मुस्ताङको घरपझोङ गाउँपालिकाले सामाजिक योगदान पू¥याएको भन्दै ७८ वर्षीया जेष्ठ महिला सिस्ने थकालीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । यसैगरी पाईला नेपालले समाजमा उत्कृष्ठ योगदान पू¥याएको भन्दै ९० वर्षीया ज्येष्ठ नागरिक महिला पेमा याङ्जिन गुरुङलाई विेषेश सम्मान गरेको हो ।


कार्यक्रममा जिसस प्रमुख माया गुरुङ, उपप्रमुख आईतेलाल थकाली,घरपझोङका अध्यक्ष मोहनसिंह लालचन,उपाध्यक्ष जमुना थकाली र पुथाङ आमा समुहकी अध्यक्ष छोटेन गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न विधामा भाग लिएका महिला प्रतिस्पर्धीहरुलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।


प्रतिक्रिया