कोरलानाकामा मोवाईल फोरजी सेवा संञ्चालन



जोमसोम— उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसंग सीमाना जोडिएको मुस्ताङको लोमान्थाङ स्थित कोरलानाकामा मोवाईल फोरजी सेवा विस्तार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र उपल्लो मुस्ताङका दुई गाउँपालिकाको पहलमा सोमबार साँझदेखि कोरलानाकामा मोवाईल फोरजी सेवा संञ्चालनमा आएको हो ।

गत कार्तिक २७ गतेदेखि उपल्लो मुस्ताङको दुई गाउँपालिकाका लागि खुलेको कोरलानाकामा नेपाल सरकारले  अध्यागमन कार्यालय तथा अस्थायी सुरक्षा पोस्ट स्थापना गर्ने तयारी गरेसंगै नेपाल दुरसंञ्चार प्राविधिकरण अन्तर्गत नेपाल टेलिकम जोमसोमले कोरलानाकामा मोवाईल फोरजी सेवा विस्तार गरेको हो । नाकामा मोवाईल फोन तथा ईन्टरनेट सुविधाको पहुँच स्थापित गर्ने गरी लोमान्थाङ—५ लोमान्थाङको रेडियो लिंक टावरलाई स्तरवृद्धि गर्दै कोरलानाकामा जडान गरिएको रेडियो लिंक टावरसंग कनेक्सन गरिएको हो ।


नाकामा पहिलो पटक मोवाईल नेटवर्क पुगेपछि त्यहाँ कार्यरत हुने कर्मचारी तथा सुरक्षाकर्मीलाई सूचना आदान÷प्रदान तथा दैनिक सरकारी कार्यसम्पादनमा सहज हुने मुस्ताङका प्रजिअ जनकराज पन्तले जानकारी दिए । ‘हामीले नाकामा तत्कालका लागि गर्ने सरकारी कामकाज सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न जुटेका छौ, २ दिन अघि बिद्युत पुगेको छ, आजबाट मोवाईल नेटवर्क पनि चल्यो ,प्रजिअ पन्तले भने,‘ अब स्थापना हुने अध्यागमन र अस्थायी सुरक्षा पोस्टको कामकाजमा सहज हुन्छ, नाकामा भने ब्यापारिक कारोवारलाई पनि चुस्त बनाउँने छ ।’

 नाकामा नेपाल बिद्युत प्राधिकरणले बिद्युत सेवा विस्तार गरेसंगै सञ्चारको पहुँच पू¥याउन सहज भएको लोघेकर दामोदरकुण्ड गापाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अब कोरलानाकालाई गतिशील बनाउन बिद्युत र संञ्चार सुविधाले ठुलो सहयोग पुग्ने अध्यक्ष बिष्टको भनाई छ । उनले नाकामा बिजुली र फोरजी सेवा पू¥याउन उपल्लो मुस्ताङका दुई गाउँपालिकाले ठुलो योगदान गरेको बताए ।

 सरकारले दशै अगावै कोरलानाकामा अध्यागन कार्यालय स्थापना गर्ने तयारी गरेकाले नाकामा आवश्यक पूर्वाधारको तयारीलाई तीब्रता दिईएको हो । नाकामा अध्यागमन ,भन्सार र सुरक्षा पोस्टको उपस्थितीले नाकामा हुने बित्तिय गतिविधिलाई नियमन र सहज गर्न सजिलो हुनेछ ।

 नाकामा गण्डकी प्रदेश सरकारले गत वर्ष ५० लाख लागतमा एसवाई प्यानलको ६ कोठे भवन निर्माण सम्पन्न गरेको छ । यस्तै कोभिडपछि चीनले प्रयोग गरेको केही थान प्रिफाईप कन्टेनर उपलब्ध गराएको थियो । सोही पूर्वाधारमा अध्यागन,भन्सार र सुरक्षा पोस्टलाई व्यवस्थापन गर्ने तयारी गरिएको हो । नाकामा सरकारी उपस्थितीले पशुक्वारेन्टाईन,खाद्य क्वारेन्टाईन र पेय क्वारेन्टाईनको अनुगमन तथा चेकजाँच गर्न सजिलो हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । नाकामा अध्यागमन स्थापना भएपछि मुस्ताङीलाई चिनको भुभागमा किनमेल गर्न जान सहज हुने उनले बताए ।

 जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो मुस्ताङका दुई गाउँपालिकाका नागरिकलाई करिव ३ हजार बोर्डर पास बितरण गरिसकेको छ । यस्तै मुस्ताङको तल्लो क्षेत्रका नागरिकलाई पनि पास वितरण गर्न प्रशासनले स्थानीय तहको समन्वयमा बोर्डर अनुमती पत्रको प्रक्रिया अघि बढाईसकेको छ ।



प्रतिक्रिया