सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा बुधबार बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याईएको हो ।
मंगलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो ।हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका कारण मुक्तिनाथ परसर तथा परिसरका अवस्थित दुई वटा स्नानकुण्ड समेत हिउँले ढाकिएको थियो । यसैगरी झक्तजनहरुले सेचन गर्ने १०८ धारा आसपास समेत बाक्लो हिउँ जमेका कारण भक्तजनहरुलाई नुहाउन कठिनाई उत्पन्न भएको थियो ।
मुक्तिनाथ क्षेत्रमा मंगलबार दिनभर बाक्लो हिउँ परेको थियो । हिमपातका कारण मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेको थियो । पैदलमार्गमा हिउँ जमेपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरु समस्यामा परेका थिए ।
बुधबार मौसम खुलेसंगै बुधबार बिहान सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो । मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ ।
मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने करिव २ किलोमिटर पैदलमार्गमा जमेको हिउँ सशस्त्र प्रहरीद्वारा पन्छ्याईएपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुलाई निकै सजिलो भएको वारागुङ—१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिनुभयो । यहाँ परेको हिमपातका मुक्तिनाथ जाने दर्शनार्थीहरुलाई आउजाउ गर्नमा निकै गारो थियो, चिप्लिने,लड्ने र दुर्घटना हुने जोखिम थियो,‘वडाध्यक्ष गुरुङले भन्नुभयो,‘यहाँ हिउँ पन्छ्याईपछि भक्तजनलाई हुने दुर्घटनाको जोखिम हटेको छ ।’
यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ हेडक्वाटर मुस्ताङले मुक्तिनाथमा दर्शन गर्न जाने दर्शनार्थीहरुलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखेको छ । हिमपातसगै चिसो ह्वात्तै बढेका कारण मुक्तिनाथ आएका दर्शनार्थीहरुलाई हाईअल्टिच्युडको सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएको शसस्त्र प्रहरीले जनाएको छ । मुक्तिनाथको तल्लो गेडमा सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क राखेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली