यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित प्रदेश अस्पतालको सडक असहज हुँदा सेवाग्राहीहरुले समस्या भोग्न बाध्य भएका छन् । कालिगण्डकी करिडोर ९बेनी—जोमसोम—कोरला० सडक आयोजनाले सडक स्तरोन्नति गर्ने क्रममा साविकको सडकलाई ग्रेड डाउन गरिदिएपछि यहाँको प्रदेश अस्पताल जाने सडक असहज बनेको हो ।
विस २०२९ सालमा स्थापना भएको यहाँ स्थित प्रदेश अस्पताल जोड्ने साविक सडक बाटो कोरला सडक स्तरोन्नति गर्ने क्रममा मासिन पुगेपछि अस्पतालसम्म जाने सडक अप्ठ्यारो र असहज बनेको प्रदेश अस्पताल जोमसोमका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। समिक्षा कडेलले जानकारी दिनुभयो । सडक निर्माणका क्रममा अस्पताल जाने सडक क्षति भएसंगै विगत दुईवर्षदेखि अस्पतालमा सेवा लिन आउने सेवाग्राहीका लागि समस्या बनेको निमित्त मेसु डा। कडेलले उल्लेख गर्नुभयो ।
यसअघि कालिगण्डकी करिडोर सडकले कोरला सडक स्तरोन्नति नगरुन्जेलसम्म मुख्य सडक र प्रदेश अस्पताल जाने सडकको लेवल समान रहेकाले अस्पताल सम्म एम्बुलेन्स र अन्य हलुका सवारी सवारी साधनको आवागमनमा कुनै समस्या परेको थिएन । तर ,आयोजनाले प्रदेश अस्पताल अगाडीको मुख्य राजमार्ग सडकलाई ग्रेड मिलान गर्ने क्रममा साविकको अस्पताल सडक र राजमार्ग सडकको लेवल असन्तुलित बनेको हो ।
यहाँको जोमसोम स्थित अस्पताल अगाडीको मुख्य सडकको सरकारी कार्यालय जाने झोलुङे पुलदेखि उत्तर करिव १५० मिटर दुरीको सडकलाई ग्रेड डाउन गरिएपछि प्रदेश अस्पताल जाने सडक क्षति भएको हो । अस्पतालका निमित्त मेसु कडेलले अस्पताल जस्तो संम्वेदनशील क्षेत्रको सडक विस्तार गर्दा सहजीकरण नगरी सडक स्तरोन्नति गरिंदा सेवाग्राहीहरुमा समस्या परेको बताउँनुभयो ।
मुख्य राजमार्ग सडक ग्रेड डाउन हुँदा अस्पताल जाने साविकको सडक अहिले पूर्ण रुपमा बन्द अवस्थामा छ । सवारी साधन लैजान मिल्ने सडकमा ढुंगाको सिंढी जस्तो बनाएर पैदल हिड्न मिल्ने मात्रै बनाईएको हो । अस्पतालको निमित्त मेसु कडेलका अनुसार प्रदेश अस्पताल जाड्ने सडकको पहुँच स्थापित गर्न कालिगण्डकी करिडोर सडकलेनै अपनत्व लिनुपर्ने बताउँनुभयो । सडकको अन्य विकल्पहरु पटक पटक वार्ता र छलफल भईरहेको भएपनि समाधान निस्कन नसकेका कारण साविक जस्तै गरी सडकको ग्रेड उकासेर भएपनि अस्पतालको सडक सहज गरिनुपर्ने निमित्त मेसु कडेलको भनाई छ ।
अस्पताल जाने सडकको अवस्थाका बारेमा स्थानीय स्तरमा चर्को आलोचना भईरहेको छ । आयोजनो अस्पताल सडकको बाटोको संरचना मासिंदिएपछि वैकल्पिक सडकको प्रयोग गरिएको छ । साविक अस्पताल सडकको उत्तर करिव ३० मिटर माथिबाट सडकको पहुँच स्थापित गरिएपनि उक्त सडक निकै घुमाउरो र साँघुरो भएकाले अस्पतालका सेवाग्राहीलाई समस्या परेको हो । हालको वैकल्पिक सडकमा स्थानीय स्तरमा जग्गा सम्वन्धि मतभेद कायमै छ । आयोजनाले केही माथिबाट सडकको विकल्प दिन खोजे पनि सडक छेउमा पर्ने घरधुरीका असहमतिका कारण समस्या थप उत्पन्न भएको हो । अस्पताल जोड्ने सडकको तीन वटा विकल्प प्रस्तुत गरिएको भएपनि हालसम्म पनि समाधान निस्कन सकेको छैन ।
पहिलो विकल्प मुख्य राजमार्ग सडक उकासेर अस्पताल सडक सहज बनाउने, दोस्रो विकल्प आयोजनाको योजना अनुसार व्यक्तिको घर अगाडीबाट अस्पतालको सडक लैजाने र तेस्रो विकल्प हाल प्रयोग भईरहेको सडकलाई फराकिलो बनाएर सडक सहज बनाउने विकल्प प्रस्तुत गरिएका थिए । हाल तीन विकल्प मध्ये कुनै पनि विकल्प कार्यान्यवनमा आउन सकेका छैन ।
यहाँको प्रदेश अस्पताल जाने सडकको बिषयमा स्थानीय प्रशासन,गाउँपालिका र अस्पताल व्यवस्थापन समिति लगायत सरोकारवालाहरुको पटक÷पटक वार्ता र संम्पाद हुने गरेपनि कुनै सहमति हुन नसकेको प्रदेश अस्पताल जोमसोमको भनाई छ ।
प्रदेश अस्पतालको बाटो सडक विस्तारका कारण क्षति भईसकेको र हाल प्रयोगमा आएको सडक असहज हुँदा आपतकालिन सेवा लिन आउने र हाईअल्टिच्युडका बिरामीहरुलाई एम्बुलेन्स र सवारी साधन लैजान असहज भएको हो । जिल्लाको एक मात्रै २५ शैयाका प्रदेश अस्पताल भवन जोड्ने सडक असहज र अप्ठ्यारो हुँदा समस्या र चुनौति थपिएको हो ।
यहाँ अस्पतालको लागि पुरानै भवनबाट सेवा प्रवाह गरिएको भएपनि प्रदेश सरकारको १६ करोड ३४ लाख लागत दुईतले अपांगमैत्री अस्पताल भवन निर्माण अन्तिम चरणमा छ । सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएपनि अस्पताल जाने सडकको कन्तविजोग हुँदा यहाँका स्थानीय तथा पर्यटक सेवाग्राहीहरुलाई आपत्कालिन उपचारको पहुँचमा पु¥याउन सडकको अवस्थाले असहज तुल्याएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता