मुस्ताङको घरपझोङ गाउँपालिका—५ स्थित समून्द्री सतहको ३७५० मिटरको उच्चउचाईमा रहेको यारुझो भ्युटावर नजिक टेलिस्कोप स्थापना गरी ‘एस्ट्रो’ पर्यटन प्रवद्र्धन गरिने भएको छ । एस्ट्रो र पर्यटनलाई संगैसंगै लैजाने गरी हालसम्मकै ठुलो २५ ईञ्चको टेलिस्कोप स्थापना गरिने भएको छ।
पोखरा एस्ट्रोनोमिकल सोसाईटी (पास)ले रातको आकाश,तारा,ग्रह,चन्द्रमा र आकाशगंगा लगायतको अवलोकन गर्न नेपालकै सबैभन्दा ठुलो टेलिस्कोप मुस्ताङमा स्थापना गर्न लागेको हो । खगोल विज्ञान,अन्तरिक्ष अध्ययन र विज्ञान क्षेत्रमा सक्रिय संस्था पोखरा एस्ट्रोनोमिकल सोसाईटी (पास)ले यहाँको यारुझो भ्यु टावर क्षेत्रमा टेलिस्कोप स्थापना गर्ने योजना तयार गरेको हो । मुस्ताङमा ६ महिनादेखि एस्ट्रो पर्यटन सम्वन्धि अध्ययन सुरु गरिरहेको पोखरा एस्ट्रोनोमिकल सोसाईटीले आगामी आर्थिक वर्षको फागुनदेखि यहाँको यारुझो भ्युटावर क्षेत्रमा टेलिस्कोप स्थापना गर्ने डोम र मौसम सुरक्षाका लागि वेधशाला लगायतका पूर्वाधारहरु निर्माण गर्ने जनाईएको छ ।
मुस्ताङमा एस्ट्रो पर्यटन पर्यटन प्रवद्र्धन तथा खगोल तथा अन्तरिक्ष अध्ययनका लागि टेलिस्कोप पूर्वाधार निर्माण गर्ने योजनासहित पोखरा एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष निशान लामिछानेको नेतृत्वमा करिव १५ सदस्य टोली बिहिबार मुस्ताङ आईपुगेको थियो ।
यहाँको घरपझोङ—५ ठिनी स्थित थकाली समुदायिक होमस्टेमा आयोजित एस्ट्रो पर्यटन सम्वन्धि छलफल तथा अन्तरक्रियाका साथै रातको आकाश अवलोकन गर्ने कार्यक्रम गरिएको छ । छलफलमा एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष निशान लामिछानेले एस्ट्रो पर्यटन र यसले अर्थतन्त्र पु¥याउने योगदान लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो ।
यहाँको यारुझो भ्यूटावर नजिक काठमान्डौको नगरकोट भन्दा ठुलो टेलिस्कोप स्थापना गर्ने तयारी पासले गरेको छ । काठमान्डौंको नगरकोटमा १६ ईञ्चको टेलिस्कोप रहेकोमा अब मुस्ताङमा त्यो भन्दा ठुलो २५ ईञ्चको टेलिस्कोप राखिने पोखरा एस्ट्रोनोमिकल सोसाईटीले जनाएको छ । यारुझो भ्युटावर जोमसोमबाट ठिनी हुँदै कच्ची सडकको यात्रा गर्दै ४५ मिनेटमा पुग्न सकिन्छ ।
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विकल शेरचन,घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकाली लगायत सरकारी तथा गैरसरकारी निकाय प्रतिनिधि र स्थानीय समुदायबीच एस्ट्रो पर्यटन सम्वन्धी कार्ययोजना र यसले पर्यटन क्षेत्रमा पु¥याउने योगदान लगायतका बिषयमा छलफल गरिएको छ ।
छलफलका क्रममा पोखरा अस्ट्रोनोमिक सोसाईटीका अध्यक्ष निसान लामिछानेले मुस्ताङमा रातको समयमा खगोल सम्वन्धि अध्ययन र अवलोकनका लागि टेलिस्कोप स्थापना गर्ने योजना रहेको र यो नेपालकै सबैभन्दा ठुलो हुने जानकारी दिनुभयो । एस्ट्रो पर्यटनका माध्यमबाट यसले स्थानीयको जिविकोपार्जन सुधारमा समेत योगदान पुग्ने अध्यक्ष लामिछानेले बताउँनुभयो । समून्द्री सतहको ३००० बढीको उचाईको स्थानबाट रातको खुला आकाश र चन्द्रमा लगायतका उपग्रहरुको अवलोकन तथा अध्ययन गर्न सकिने भएकाले मुस्ताङमा टेलिस्कोप स्थापना गरिन लागिएको उहाँले उल्लेख गर्नुभयो ।
हिमाली र कम उज्यालो हुने स्थानहरुमा अस्‘ट्रो पर्यटनको बढी संम्भावना रहने भएकाले उपयुक्त स्थान मुस्ताङलाई छनौट गरिएको पासका उपाध्यक्ष एन्जल बस्यालले जानकारी दिनुभयो । सफा,प्रदुषण कम भएको र अध्यारो आकाश भएका स्थानमा आकाशीय वस्तुहरुको सहज रुपमा अध्ययन अवलोकन गर्न सकिने बस्यालको भनाई छ । यहाँ स्थापना गरिने टेलिस्कोपको सहायताले रातको समयमा तारा र ग्रह हेर्ने,आकाशगंग अवलोकन गर्ने नक्षत्र चिन्ने र खगोल विज्ञान सम्वन्धी अध्ययन गर्न सकिने भएकाले पर्यटन प्रवद्र्धनका साथै विद्यार्थीहरुका लागि समेत निकै उपयोगी हुने पास उपाध्यक्ष बस्यालको भनाई छ ।
पासले स्थापना गर्ने टेलिस्कोप तथा वेधशाला संरचना लगायतका सबै पूर्वाधारहरु निर्माण सम्पन्न भएपछि समुदायलाईनै हस्तान्तरण गरिने बताईएको छ । पूर्वाधार निर्माणपछि समुदायलेनै यसको संञ्चालन तथा व्यवस्थापन गर्ने र यसको प्राविधिक सहयोग पासले गर्ने संस्थाका सदस्य एलिस ढकालले जानकारी दिनुभयो । एस्ट्रो पूर्वाधार निर्माणले स्थानीयको रोजगारीको सृजना गर्ने तथा पर्यटन प्रवद्र्धनकार्यमा टेवा पु¥याउने सदस्य ढकालले उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य विकल शेरचनले एस्ट्रो पर्यटन प्रर्वद्धनका लागि मुस्ताङ उपयुक्त स्थान रहेको र टेलिस्कोप स्थापना भएमा यसक्षेत्रको पर्यटनलाई सहयोग पुग्ने बताउँनुभयो । घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थकालीले एस्ट्रो पर्यटनका लागि टेलिस्कोप स्थापना गर्नेकार्य यहाँका लागि राम्रो अवसर भएको र यसको संरक्षण तथा व्यवस्थापनमा ध्यान पु¥याउन आवश्यक रहेको औल्याउनुभयो ।
यसैगरी बिहिबार राती यहाँको यारुझो भ्युटावर क्षेत्रमा अस्ट्रो अवलोकन गरिएको छ । पोखरा एस्ट्रोनोमिकल सोसाईटीका टोलीसहित यहाँका सरोकारवालाले संयुक्त रुपमा यारुझो भ्युटावर क्षेत्रमा नौ ईञ्चको टेलिस्कोपबाट यहाँको खुल्ला आकाश,चन्द्रमा र विभिन्न ग्रहहरुको अवलोकन गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली