जोमसोम ।
नेकपा (एमाले)को मंसिर २७ देखि २९ गते काठमान्डौंमा आयोजना हुने एघारौ महाधिवेशनका लागि गण्डकी प्रदेश सम्पर्क कमिटीबाट पाँच प्रतिनिधि निर्वाचित भएका छन् ।
मुस्ताङका बवि शेरचनसहित गण्डकी प्रदेश सम्पर्क कमिटीबाट पाँच जना प्रतिनिधि निर्वाचित भएका हुन् । शेरचन गत मंसिर १४ गते सम्पन्न एमालेको एघारौं महाधिवशेन प्रतिनिधि छनौट अन्तर्गत गण्डकी प्रदेश सम्पर्क कमिटीमा भएको मतदानमा महिला क्लस्टरबाट २८५ मत प्राप्त गरी प्रतिनिधिको रुपमा निर्वाचित हुनु भएको हो ।
शेरचनसहित महिलातर्फ अर्का उम्मेदवार विष्णुमाया क्षेत्री पनि महाधिवेशन प्रतिनिधिको रुपमा २६७ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । खुल्लातर्फ ऋषिराम कंडेलले २९३ मत र पदम गिरीले २४९ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएको एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीले जनाएको छ ।
युवा क्लस्टरतर्फ ओमबहादुर क.ेसी.ले २८७ मत पाएर एमालेको महाधिवेशन प्रतिनिधि बन्नु भएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका—४ घाँसाकी चेली एवं घरपझोङ—४ जोमसोम निवासी बवि शेरचन एमालेको राजनीतिक संगठनमा साँढे तीन दशकदेखि समर्पित भएर लागि पर्नुभएको छ । २०४६ सालको जनआन्दोलनपछि एमाले संगठनमा सक्रिय शेरचनले स्नातक तहसम्म अध्ययन पुरा गर्नुभएको छ ।
वि.स.२०५३ सालदेखि एमालेको विधिवत पार्टी सदस्य लिएर राजनीतिक यात्रा सुुरु गर्नुभएका शेरचन वि.स. २०५३ देखि २०६३ सालसम्म दश वर्ष (मुस्ताङ—काठमान्डौं) सम्पर्क कमिटीको सदस्यमा रहेर काम गर्नुभएको अनुभव छ । उहाँ २०६३ देखि २०६६ सालसम्म (मुस्ताङ—काठमान्डौं) सम्पर्क कमिटीको सचिव पदमा हुनुहुन्थ्यो । वि.स. २०५५ साल भाद्र २५ देखि २९ गतेसम्म काठमान्डौंमा भएको अनेरास्ववियुको चौथो राष्ट्रिय सम्मेलनमा पदमा कन्या क्याम्पसबाट प्रतिनिधि सदस्यता प्राप्त गर्नुभएको थियो ।
त्यसपछि उहाँ सम्पर्क कमिटीको उपाध्यक्ष र अध्यक्ष हुँदै धौलागिरी सम्पर्क कमिटीबाट एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनौट हुनु भएको थियो । त्यसपछि शेरचन एमालेको दशौ राष्ट्रिय महाधिवेशनका लागि गण्डकी प्रदेश सम्पर्क कमिटीबाट एमालेको प्रतिनिधि परिषदको सदस्य हुनु भएको थियो ।
शेरचन एमालेको सम्पर्क समन्वय कमिटीको सचिवालय सदस्य अन्तर्गत एमालेको एघारौ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका रुपमा गण्डकी प्रदेश कमिटीबाट निर्वाचित हुनु भएको हो । उहाँ एमालेको जनवर्गिय संगठन अन्तर्गत अनेम संघको केन्द्रिय सदस्य पदमा हुनुहुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता