मुस्ताङको थासाङ र घरपझोङमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सम्पन्न

हिमाली जिल्ला मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । यहाँको थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकाको छुट्टा छुट्टै आयोजना निःशुल्क मुटु रोग सम्वन्धी परीक्षण तथा उपचार शिविर सम्पन्न भएको हो ।

शहिद गंगालाल äदय केन्द्र काठमान्डौको प्राविधिक सहयोगमा मंगलबार मुस्ताङको थासाङ गाउँपालिकामा र बुधबार घरपझोङ गाउँपालिकामा परीक्षण तथा उपचार शिविर संञ्चालन गरिएको हो । मंगलबार थासाङ गाउँपालिकाको आयोजना र केन्द्रको प्राविधिक सहयोगमा थासाङ—३ लेते स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर संञ्चालन गरिएको थियो । निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा थासाङ गाउँपालिकाका पाँच वटै वडाहरुबाट करिव ६५० भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् भने ज्ञानोदय माध्यमिक विद्यालय विद्यार्थीहरुको उल्लेख्य संख्यामा मुटु परीक्षण  गरिएको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक  नन्दलाल ढकालले जानकारी दिनुभयो । शिविरमा परीक्षण गर्न आउनेहरुका लागि थासाङ गाउँपालिकाले सवारीसाधनसहित शिविर व्यवस्थापन गरेको स्वास्थ्य संयोजक ढकालले उल्लेख गर्नुभयो ।

यसैगरी घरपझोङ गाउँपालिकाको आयोजनामा बुधबार भएको निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा करिव चार सय भन्दा बढी व्यक्ति लाभान्वित भएको घरपझोङका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिनुभयो । बिहान ८ बजेदेखि  दिउँसो २ बजेसम्म सञ्चालन भएको शिविरमा उल्लेख विद्यालयका विद्यार्थीहरुले समेत स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य संयोजक थकालीको भनाई छ ।

मुस्ताङमा आयोजित शिविरमा मुटु रोग सम्वन्धी उपचार तथा परीक्षण गर्न केन्द्रबाट मुटु रोग सम्वन्धी विशेषज्ञ चिकित्सकहरुसहित करिव २५ जनाको टोली मुस्ताङ आएको शहिद गंगालाल äदय केन्द्र काठमान्डौका वरिष्ठ प्रशासन सहायक विकास खनियाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरको प्राविधिक सहयोगका लागि केन्द्रबाट डा. सी मल्ल,डा. दर्शन गुरुङ र डा. विधाता केसी लगायत ७ जना, नर्सिङ स्टाप १० जना, केन्द्र प्रशासन शाखाका कर्मचारी,नेशनल हेल्थ कियर प्रा.लि. र बीएलएस ट्रेनिङ प्रशिक्षक लगायतको टोली मुस्ताङ आएको वरिष्ठ प्रशासन शाखा सहायक खनियाले उल्लेख गर्नुभयो । शहिद गंगालाल äदय केन्द्र काठमान्डौंले मुटु सम्वन्धी क्रिटकल बिरामीहरुलाई काठमान्डौं स्थित केन्द्रमा उपचार गराउन सुझाएको छ । शिविरमा आउने मुटु रोग सम्वन्धी बिरामीको निःशुल्क परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको केन्द्रले उल्लेख गरेको छ ।

 कठिन भूगोलमा बसोबास गर्ने नागरिकहरुको मुटु रोगको पहिचान पहिचान गरी आवश्यक पर्नेहरुलाई निःशुल्क÷ सहुलियतमा केन्द्रमा उपचारको व्यवस्था गर्ने गरी शिविर संञ्चालन गरिएको हो ।

यहाँको थासाङ र घरपझोङमा आयोजित निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरमा ईसीजी सेवा,मुटुको भिडियो एक्सरे (ईको) सेवा,सुगर जाँच, केन्द्रमा उपलब्ध निःशुल्क तथा सशुल्क सेवा सम्वन्धी जानकारी र स्वास्थ्यकर्मीहरुलाई बेसीक श्वास प्रश्वास बढ्दा भएको व्यक्तिको ज्यान बचाउन गरिने प्राथमिक जीवन रक्षक प्रक्रिया (सीपीआर) तालिम प्रदान गरिएको छ ।


प्रतिक्रिया