सशस्त्र प्रहरी मुस्ताङको बाह्रौं स्थापना दिवस मनाईयो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा खटिन मुक्तिनाथ बाहिनी पोखराका सहायक बाहिनीपति एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक तोप बहादुर खनालले निर्देशन दिनुभएको छ । मुस्ताङको जोमसोममा शुक्रबार आयोजित सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मको बाह्रौ स्थापना दिवसको उद्घाटन गर्दै उहाँले जनताको मताधिकारलाई सुनिश्चिता प्रदान गर्न सशस्त्र प्रहरी बल नेपालले उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिनुभएको हो ।

 सहायक बाहिनीपति खनालले घोषित निर्वाचनलाई स्वच्छ, निश्पक्ष,स्वतन्त्र,भयरहित शान्पिूर्ण वातावरणमा सम्पन्न गर्ने यहाँ स्थित सशस्त्र प्रहरी बल नेपालका सुरक्षा फोजले स्थानीय प्रशाासन तथा अन्य सुरक्षा निकायहरुसंग समन्वय र सहकार्य गरी अघि बढ्न निर्देशन दिनुभएको छ । संगठनले तयार गरेको सुरक्षा योजना तथा रणनीति बमोजिम निर्वाचन कार्यक्रममा परिचालित भइ आम नागरिकहरुले मतदान गर्न पाउँने अधिकारलाई कुण्ठित हुन नदिन सुरक्षा सावधानीलाई चुस्त पार्न निर्देशन दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सिमा सुरक्षा र आम नागरिकहरुको सेवामा समर्पित गर्विलो संस्था भएकाले यहाँका सशस्त्र सुरक्षाकर्मीले पनि सशस्त्र प्रहरी बल नेपालको मान सम्मान , ईज्यत र प्रतिष्ठा उचो हुने काम गर्न सहायक बाहिनीपति खनालले निर्देशन दिनुभयो । नेपाल—चिन १३६ किलोमिटर दुरीमा फैलिएको सीमा सुरक्षाका लागि यहाँ स्थित सशस्त्र प्रहरी गुल्म र मातहतको सशस्त्र प्रहरी बल नेपालको (बिओपी)ले सह्रानीय कार्य गरेको सहायक बाहिनीपति खनालले उल्लेख गर्नुभयो । सीमानाकामा खटिएका सशस्त्र प्रहरीको( बिओपी) सुरक्षाकर्मीले सीमित स्रोत साधन र भौगोलिक कठिनाईका बावजुद सिमा सुरक्षाका लागि अहोराध कार्य गर्दैआईरहेको उहाँको भनाई छ ।

 कोरला स्थित सिमा सुरक्षाका लागि १४ किलोमिटर यता न्हेचुङमा सशस्त्र प्रहरीको बिओपी स्थापना भएको र आगामी दिनमा कोरलापास क्षेत्रमा सशस्त्र प्रहरीको थप बोर्डर आउट पोस्ट बिओपी स्थापना गर्ने योजना रहेको सहायक बाहिनीपति खनालले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले आफ्ना व्यत्तिगत स्वार्थ र चाहानाहरुलाई परित्याग गरी राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्ने सहायक बाहिनीपति खनालले जोड दिनुभयो । ईमान्दार,वफादार र व्यवसायिक भई प्राप्त जिम्मेवारीहरुलाई समुचित ढंगले कार्यसम्पादन गर्दै जस्तो सुकै सुरक्षा चुनौति खडा भएपनि जनताप्रति उत्तरदायि भएका काम गर्न बाहिनीपति खनालले निर्दैशन दिनुभयो ।

 यसैगरी यहाँ आयोजित सशस्त्र प्रहरी बल नेपालको बाह्रौं स्थापना दिवसको अवसरमा शुभ—कामना व्यक्त गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निश्पक्ष, भयरहित र शान्पिूर्ण वातावरणमा सम्पन्न हुने जिल्ला स्थित चार वटै सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँनुभयो  । प्रजिअ शर्माले यहाँ स्थापना भएको सशस्त्र प्रहरी गुल्मले छोटो समयमा पनि सिमा सुरक्षा,विपद जोखिम न्यूनिकरण तथा उद्दार,सामाजिक सुरक्षा र पर्यटक तथा स्थानीय नागरिकहरुमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।

 मुस्ताङ स्थित सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरीले सशस्त्र प्रहरीले सिमा सुरक्षा,सिमाक्षेत्रमा हुने सम्भावित अपराध तथा अवान्छित गतिविधि रोकथाम,विपद प्रतिकार्य लगायतमा काम गर्दैआईरहेको बताउँनुभयो ।

 यहाँ आयोजित सशस्त्र प्रहरी बलको बाह्रौ स्थापना दिवसका अवसरमा यहाँ स्थित सशस्त्र प्रहरी गुल्मले एक साता खेलकुद कार्यक्रम सञ्चालन गरेको थियो । स्थापना दिवसका अवसरमा दुई जना स्थानीय नागरिकहरुलाई सशस्त्र प्रहरीले कदरपत्रद्वारा सम्मान गरेको छ ।


प्रतिक्रिया