जोमसोम—मुस्ताङका मुख्य सडक तथा धार्मिक गुम्बामा सीसी टीभी जडान गर्न थालिएको छ । सुरक्षाका दृष्ट्रिकोणले संम्वेदनशील मानिएका मुख्या राजमार्ग सडक तथा गुम्बाहरु सुरक्षा सजगता अपनाउन मुस्ताङका स्थानीय तहहरुले सीसी टीभी जडान कार्यलाई प्राथमिकता दिएका हुन् ।
चालु आर्थिक वर्षको वार्षीक स्वीकत कार्यक्रम अनुसारको बजेटले मुस्ताङका ३ गाउँपालिकाले मुख्य सडक तथा गुम्बामा सीसी टीभी जडान गरेका हुन् । सीसी टीभी जडान गर्दै गरेका मुस्ताङका स्थानीय तहहरुले सडक सञ्जालसंगै बर्सेनि पर्यटकहरुको फलो बढेका कारण पूर्व सुरक्षा सजगताका लागि प्रविधिको उपयोग गर्दै सुरक्षा निगरानी गर्दै प्रहरी अनुन्धानलाई सहयोग पू¥याउन सीसी टीभी जडान गरेका हुन् ।
मुस्ताङको थासाङ गाउँपालिकाले चालु वर्ष ४ स्थानमा सीसी टीभी जडानकार्यलाई अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीले जानकारी दिए । थासाङले टुकुचे, कोवाङ,लेते र घाँसामा सीसी टीभी जडान गर्ने कार्य अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।
थासाङ गाउँपालिकाले घाँसा,लेते र कोवाङको मुख्य सडकमा सीसी टीभी जडानका लागि ५ लाख टुकुचेका लागि ८ लाख बजेट विनियोजन गरेको थियो ।
र टुकुचे गाउँको सडक तथा गल्लीमा सीसी टीभी जडान गर्न ८ लाख बजेट विनियोजन गरेको थियो । टुकुचेमा सडकमार्गसंगै गाउँभित्रका गल्लीहरुमा सिसी क्यामेरा जडान भईरहेको र त्यसपछि अन्य स्थानमा सीसी टीभी जडान हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पनि मराङ गुम्बा र चराङ गुम्बासहित पालिकाको केन्द्र चराङको मुख्य सडकमा सीसी टीभी जडान गरेको प्रमुख प्रशासकीय अधिकृत विशाल भण्डारीले जानकारी दिए । लोघेकरको धार्मिक महत्व बोकेको विश्वकै पुरानो दावी गरिएको मराङ स्थित घर गुम्बामा ३ वटा र चराङमा अवस्थित ऐतिहाँसिक चराङ गुम्बामा ४ वटा सीसी टीभी सुरक्षा निगरानीका लागि जडान गरिसकेको प्रशासकीय अधिकृत भण्डारीले बताए ।
लोघेकरको मुख्य सडकमा ८ वटा र गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सुरक्षा निगरानीका लागि ४ वटा सीसी टीभी जडान भएको उनले जनाए । सीसी टीभी जडानका लागि सुरक्षा संवेदनशीलताको महशुस गर्दै पालिकाले चालु वर्ष ७ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले ४ स्थानमा कुल १९ वटा सीसी टीभी जडान गरेको हो ,
यसैगरी लोमान्थाङ गाउँपालिकाले गतवर्ष पर्खालले घेरिएको ऐतिहाँसिक माटोको सहर लोमान्थाङ गाउँभित्र ५ लाख बजेट खर्चिएर ८ वटा सीसी टीभी जडान गरेको थियो । चालु वर्ष लोमान्थाङ गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको सुरक्षा निगरानीका लागि १ लाख बजेट खर्चिएर ४ वटा सीसी टीभी जडान गरेको प्रशासन प्रमुख विकास केशीले बताए ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि २ वर्षअघि पुथाङ एअरपोर्ट र जोमसोम बजार क्षेत्रमा सिसी सीसी टीभी गरेको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले प्रसिद्ध धार्मिक मुक्तिनाथ स्थित रानीपौवा बजार क्षेत्र र बसपार्क आसपास सीसी टीभी जडान गरिसकेको छ ।
प्रमाण संकलन तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन मुस्ताङका स्थानीय तहले जडान गरेको सीसी टीभी संम्वन्धित स्थानका प्रहरी ईकाईको अधिनमा रहने मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली