जोमसोम ।
बर्खायामका समाप्तिसंगै मनाईने यार्तुङ पर्र्व शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सुरु भएको छ । यहाँ पर्वको अवसरमा लोमान्थाङ युवाक्लवको आयोजना तथा एक्याप लोमान्थाङको आर्थिक सहयोगमा परम्परागत घोडा दौड प्रतियोगिता आयोजना गरिएको छ ।
यार्तुङ पर्वको अवसरमा यहाँ दुई वटा विधामा घोडा दौड प्रतियोगिता आयोजना गरिएको हो । मुस्ताङी सांस्कृतिक राजपरिवारको समुउपस्थितीमा आयोजना भएको कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ—५ का वडाध्यक्ष ढुक्के बिष्टको (क्याङ्वा) घोेडा च्याम्पियन बनेको छ । कदम घोडा दौड प्रतियोगितामा सहभागि कुल बाह्र घोडा मध्ये वडाध्यक्ष बिष्टको घोडा च्याम्पियन बनेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
कदम घोडा दौडतर्फ छेडुप गुरुङको (राक्पा)घोडा दोस्रो र निमा वाङ्दी गुरुङको (साक्पा) घोडा तेस्रो भएको कार्यालय प्रमुख पौडेलले उल्लेख गर्नुभयो ।योसंगै कदम घोडा दौडको च्याम्पियन वडाध्यक्ष ढुक्के बिष्टले नगद एक लाख पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यसैगरी कदम घोडा दौडको दोस्रो र तेस्रो हुने घोडा मालिकले नगद ५० हजार र २५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाउँनुभयो ।
यसैगरी गरी यार्तुङ पर्वको अवसरमा आयोजित भाक्का (लामो दुरी) घोडा दौड प्रतियोगितामा डब्ला गुरुङको (लाङजिप्रोसो) घोडा च्याम्पियन बन्यो । प्रतियोगितामा ल्हाक्पा गुरुङको (ङाङ्बा) घोडा दोस्रो र ढुक्के बिष्टको (निलो) घोडा तेस्रो भयो ।
भाक्का घोडा दौडाका विजेताले क्रमश नगद ३०,२० र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको लोमान्थाङ युवाक्लवका अध्यक्ष पेमा तेन्जिङ गुरुङले जानकारी दिनुभयो ।
कदम घोडा दौड र भाक्का घोडा दौड प्रतियोगिताका विजेताहरुलाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, क्लवका अध्यक्ष उमेश पौडेल र क्लवका अध्यक्ष पेमा तेन्जिङ गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो ।
यहाँ आयोजित यार्तुङ कदम घोडा दौड प्रतियोगिताम सहभागिहरु र स्थानीय महिलाहरु स्थानीय मौलिक वेशभूषामा उपस्थित भएर पर्वको रौनक बढाएका थिए । लोमान्थाङ बजार क्षेत्रमा आयोजित घोडा दौड प्रतियोगिताको दुरी करिव ८ सय मिटर तय गरिएको थियो । प्रतियोगिता दौरानमा स्थानीयले स्याब्रो नाच समेत देखाएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता