मुस्ताङ, २, असार ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीले मुस्ताङका एक जनप्रतिनिधलाई कदरपत्रसहित सम्मान गरेको छ । सशस्त्र बाहिनी मुख्यालयको २४ औं स्थापना दिवसका अवसरमा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टलाई आईतबार पोखरामा एक समोरोहकाबिच सशस्त्र बाहिनी मुख्यालयले सम्मान अर्पण गरेको हो ।
सशस्त्र प्रहरी बल,नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, पोखरा अन्तर्गतको ईकाईलाई रचनात्मक तथा सृजनात्मक सहयोग ,समन्वय र सहकार्य गरी उल्लेखनिय योगदान पु¥याएको उल्लेख गर्दै लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष बिष्टलाई उच्चसम्मानका साथ सशस्त्र बाहिनी मुख्यालाय कास्की पोखराले कदरपत्रद्वारा सम्मान अर्पण गरेको हो ।
सशस्त्र प्रहरीले अध्यक्ष बिष्टले सम्मानसहित प्रदान गरेको कदरपत्रमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रमुख, कार्य तथा सीमा सुरक्षा विभाग,सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयकातर्फबाट नारायदतत्त पौडेल र सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा बाहिनीपति दिपेन्द्र शाहको हस्ताक्षर रहेको छ ।
सम्मानित अध्यक्ष बिष्ट (नेपाल—चिन)उत्तरी कोरलानाकासंग सीमा जोडिएको गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । नेपाल—चिन सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल,स्थानीय प्रशासन र अन्य सुरक्षा निकाय लगायतलाई त्यहाँको आन्तरिक सुरक्षा व्यवस्थापनमा समन्वय र सहकार्य गर्दैआईरहुनु भएको थियो । सीमानाकामा हुनसक्ने सम्भावित चोरी शिकारी,अपराध नियन्त्रण,मानव तस्करी, अवान्छित गतिविधि लगायतका घटना हुन नदिन अध्यक्ष बिष्टले महत्वपूर्ण योगदान दिनु भएको छ ।
नेपाल—चिन पक्षबिच हुने विभिन्न छलफल तथा अन्तरक्रियाँहरुमा अध्यक्ष बिष्टले भाषिक (दोभासे)को रुपमा सहजीकरण गर्दैआईरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली