मुस्ताङ,१९, साउन ।
पर्यटकको आवास बसोबास व्यवस्थापनका लागि मुस्ताङको घरपझोङ गाउँपालिका पाचै वडाहरुमा सिरक,डसना,तन्ना र सिरानी लगायतका सामग्री वितरण गरेको छ । गाउँपालिकाको आव २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विनियोजित बजेट सात लाख बढी खर्च गरी पर्यटक व्यवस्थापन गर्न उक्त सामग्री वितरण गरिएको हो ।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा अनुकुल याम दशै—तिहार र चैते दशै लगायतका चाडपर्वहरुमा बर्सेनि हजारौ पर्यटक आउने गर्छन । मुस्ताङमा अत्यधिक रुपमा पर्यटकको चापले थेगिनसक्नु हुँदा मुस्ताङका होटलहरुले पर्यटक व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गर्छ । पर्यटकको चाप अत्यधिक हुँदा मुस्ताङ भित्रिएका पर्यटकहरुले होटल पाउन मुश्किल पर्ने गर्छ । मुस्ताङमा अत्यधिक रुपमा पर्यटकको चाप बढ्दा यहाँ आएका पर्यटकहरुले बस्ने बाँस नपाएर अलपत्र पर्ने गर्छन् ।
दशै—तिहार र चैते दशै पर्व लगायतमा पर्यटकको आगमन अत्यधिक हुने समयमा होटल नपाएर अलपत्र पर्ने पर्यटकहरुको सहज व्यवस्थापनका लागि भन्दै गाउँपालिकाद्वारा आवास सुविधा उपलब्ध गराउन सिरक—डसना,तन्ना र सिरानी लगायतका आवास सामग्री वडा कार्यालयहरुमा वितरण गरिएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । गाउँपालिकाले उपलब्ध गराएको आवास सामग्रीहरु पर्यटक व्यवस्थापन र आपत्कालिन अवस्थामा प्रयोग गरिने गरी पाँचै वडाहरुमा वितरण गरिएको अध्यक्ष लालचनले उल्लेख गर्नुभयो ।
पर्यटक व्यवस्थापनका लागि गाउँपालिकाले सम्वन्धीत वडाहरुका आमा समुह र गाउँ समाजलाई वितरण गर्ने गरी वडा कार्यालयहरुलाई उक्त सामग्री जिम्मा लगाएको हो । अध्यक्ष लालचनका अनुसार पर्यटक व्यवस्थापनका लागि घरपझोङ १,२ र ५ वडाहरुमा समान (१०—१०) थान सिरक,डसना, तन्ना र सिरानी वितरण गरेको छ । यसैगरी वडा ३ र ४ लाई समान (२०—२०) थान सिरक,डसना,तन्ना र सिरानी वितरण गरिएको अध्यक्ष लालचनले बताउँनुभयो ।
गाउँपालिकाले वितरण गरेको आवास सामग्री मध्ये वडा १ ले चिमाङ आमा समुहलाई, वडा—२ मार्फाले मार्फा गाउँ समाजलाई र वडा ५ ठिनीले ठिनी आमा समुहलाई वडा कार्यालय मार्फत उक्त सामग्री वितरण गरिसकेको छ ।
यसैगरी वडा ३ र वडा ४ ले वडा कमिटीको बैठक बसी उक्त सामग्री हस्तान्तरण गर्ने तयारी गरेको वडा—४ का सचिव नारायण पौडेलले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता