जोमसोम—मुस्ताङको घरपझोङ गाउँपालिका—५ ठिनी गाउँका १२० घरधुरीलाई डस्विन वितरण गरिएको छ । नयाँ वर्ष २०८१ को अवसर पारेर मुस्ताङ कल्याणकारी संघले शनिवार धार्मिक तथा पर्यटकीय नमूना गाउँ ठिनीमा स्थानीयघरधुरीलाई फोहोर व्यवस्थापन गर्ने प्लास्टिकबाट बनेको १२० थान डस्विन (वाल्टीन) वितरण गरेको हो ।
मुस्ताङको घरपझोङ—५ ठिनी गाउँ पछिल्लो सयम पर्यटकीय गन्तव्यका रुपमा विकास भईरहेको छ । त्यहाँ थकाली संग्रालय, स्नो लियोपार्ट,यारुझो भ्यूटावर,गुम्बा र चर्चित रहेको ढुम्बालाल अवस्थित छ । ठिनी गाउँमा पर्यटक बढ्दै जाने थालेपछि ठिनी गाउँका १० घरधुरीले होमस्टे समेत संञ्चालन गरेका छन् । केही घरधुरीहरुका पर्यटक लक्षित होटलहरु पनि संञ्चालनमा छन् ।

ठिनी गाउँलाई स्वच्छ,सफा,सुन्दर र वातावरणमैत्री गाउँका रुपमा विकास गर्न मुस्ताङ कल्याणकारी संघले फोहोर व्यवस्थापन गर्न स्थानीय घरधुरीलाई फोहोर व्यवस्थापन गर्ने डस्विन वितरण गरेको हो । कार्यक्रममा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङ, मुस्ताङ कल्याणकारी संघकी अध्यक्ष एवं सविधान सभा सदस्य श्रीमाया थकाली र ठिनी गाउँका मुखिया संञ्जय थकालीले संयुक्त रुपमा ठिनी गाउँका स्थानीय घरधुरीलाई फोहोर राख्ने डस्विन वितरण गरेका हुन् । संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले घरभित्र र बाहिरका फोहोरलाई व्यवस्थापन गर्न सकेमात्र वातावरणको संरक्षण हुने र यसले मानव स्वास्थ्यलाई फाईदा पुग्ने उल्लेख गरे ।

मुस्ताङ कल्याणकारी संघकी अध्यक्ष एव सविधान सभा सदस्य श्रीमाया थकालीले हरेक घरहरुबाट निस्कने फोहोरलाई नियन्त्रण गरेमा यहाँ आउने पर्यटकलाई यहाँको सुन्दरताले लोभ्याउन सक्ने बताईन् । उनले ओझेलमा परेको ठिनी गाउँमा पर्यटकीय गतिविधि बढ्दै गईरहेको र यसलाई थप उचाईमा पू¥याउन स्थानीय घरधुरीले यहाँको वातवरण संरक्षणमा ध्यान दिनुपर्ने जनाईन् ।
मुस्ताङ कल्याणकारी संघद्वारा गाउँमा स्थानीय घरधुरीलाई फोहोर राख्ने प्लाष्टिकका बाल्टिन प्रदान गरेपछि गाउँबासी निकै खुसी भएको ठिनी गाउँका मुखिया संञ्जय थकालीले बताए । उनले स—साना कामहरुले ठुलो उपलब्धी हासिल हुने भएकाले गाउँका सबै घरधुरीलाई जथाँभावी फोहोर मिल्काउने परिपाटी बन्द गरी डस्विनमै फोहोर व्यवस्थापन गर्न अनुरोध गरे ।

संस्थाले प्रदान गरेका डस्विन सुरुमा ठिनी गुम्बाका प्रतिनिधि,आमा समुहका प्रतिनिधि र दलित घरधुरीका प्रतिनिधिलाई वितरण गरिएको थियो । त्यसपछि सबै घरधुरीले फोहोर मिल्काउने डस्विन वितरण गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता