जोमसोम— मुस्ताङको घरपझोङ—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र,मार्फामा मंगलबारदेखि एक हप्ते स्याउ टिप्ने खाने मेला सुरु भएको छ । केन्द्रले पर्यटन प्रर्वद्धनका लागि स्याउ टिप्ने खाने मेला सुरु गरेको हो ।
मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र फार्मका स्याउ बगैचामा अहिले लटरम्म स्याउ फलेका छन् । असोज १ गतेदेखि जिल्ला स्तरको निर्णय अनुसार मुस्ताङका स्याउ बगैचामा धमाधम स्याउ टिप्ने कार्य सुरु भएको छ । यसै क्रममा केन्द्रले मुस्ताङ भ्रमण गर्ने अनुकुल समय तथा स्याउ टिप्ने सिजन सुरु हुदा पर्यटन प्रर्वद्धन भन्दै स्याउ टिप्ने खाने मेला संञ्चालन गरेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । यसका लागि शीतोष्ण बागवानी विकास केन्द्रले आफ्नो कार्यक्षेत्र भित्र उत्पादन भएको स्याउ क्षेत्र अन्तर्गत एक क्षेत्र तोकेर स्याउ टिप्ने खाने मेला सुरु गरेको कार्यालय प्रमुख आत्रेयको भनाई छ ।
बागवानीले पर्यटकलाई स्याउ टिप्ने खाने सुविधा उपलब्ध गराउन कार्यालय अगाडीको एक सीमित क्षेत्र तोकेको छ । झन्डै एक दर्जन बोटमा फलेका राताम्मे लटरम्म स्याउ पर्यटकहरु आफै सीमित शुल्क तिरेर बगैचाभित्र घुम्दै धित मरुन्जेल स्याउ टिपेर खान पाउने व्यवस्था गरेको केन्द्र प्रमुख आत्रेयको भनाई छ ।
बागवानी फार्मको तोकिएको स्याउ बगैचामा पुगेर स्याउ टिपेर खान प्रतिव्यक्ति २ सय राजश्व शुल्क तोकेको छ । केन्द्रले तोकिएको बगैचा क्षेत्र बाहेक अन्य बगैचामा पसेर स्याउ टिपेर खान नपाउने जनाएको छ । स्याउ टिप्ने खाने मेलामा पर्यटकले बगैचा भित्र फोटो ,भिडियो र सेल्फी खिच्न पाईने केन्द्रले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता